नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

मूल्य वृद्धि विरुद्ध ओखलढुङ्गामा कांग्रेसको विरोध प्रर्दशन

ओखलढुङ्गान्युज, साउन १५ ओखलढुङ्गा । ओखलढुङ्गा लगायत देशै भरि उपभोक्तालाई मारमा पारेर मूल्य वृद्धि गरेको भन्दै नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सरकार विरुद्ध देशभरि प्रर्दशन गर्ने पूर्व घोषित कार्यक्रमअनुसार नै आज ओखलढुङ्गा सदरमुकाममा विरोध प्रदर्शन गरेको हो ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका ओखलढुङ्गा जिल्ला अध्यक्ष प्रदिप कुमार बानीयाले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार ओखलढुङ्गामा समेत सरकार विरुद्ध प्रर्दशन गरिएको बताए । आज कांग्रेसका नेता तथा कार्यकर्ताले ओखलढुङ्गामा सरकारको विरुद्धमा विभिन्न प्रकारको नारा लाउदै गोरुमारे भञ्ज्याङ्गदेखी लोकतान्त्रिक चोक सम्म र्याली समेत प्रदर्शन गरेका थिए । ¥याली पछिको सभालाई कांग्रेसका जिल्ला नेताहरु सगै पूर्व सांसद रामहरि खतिवडाले समेत सम्बोधन गरेका थिए ।

¥यालीपछि भएको सभालाई सम्बोधन गर्दै नेताहरुले दुई तिहाई बहुमतको भएको दम्भका आधारमा सरकारले नेपाली जनताहरुलाई अत्याधिक महंगीको भार बढाएको, जनताको प्रत्यक्ष काममा भन्दा पनि अन्य काममा समन्त्रि तथा सांसदहरु व्यस्त भएको आरोप लगाउदै उपभोक्ता मारमा पर्ने गरीएको मूल्य वृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने बताए । सरकारले बढाएको महंगीलाई तत्काल नहटाए कांग्रेसले भावी दिनहरुमा अन्य विरोधका कार्यक्रमहरुको तय गरि अझ शशक्त रुपमा विरोधका कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।

विरोध सभालाई सम्बोधन गर्दै पूर्व सांसद रामहरि खतिवडाले ओखलढुङ्गाका माननियहरु जनताको प्रत्यक्ष सरोकार राख्ने संसदको बैठकमा सहभागी हुनको साटो पुजापाठ र मेलाको उद्घाटनमा व्यस्त रहेको भन्दे जिल्लाका निर्वाचितहरुले विकासको काममा ध्यानदिन आग्रह गर्नुभयो । खतिवडाले दुईतिहाईको नाममा वर्तमान सरकारका काम कारवाही, प्रदेश सरकारको नीति एवं स्थानीय सरकारले वृद्धि गरेको कर र महङगी विरुद्ध प्रर्दशन गरिएको बताउनुभयो ।

सरकारको विरुद्ध नाराबाजी गरिरहेका कांग्रेसका नेता कार्यकर्ताले कर वृद्धि र महङ्गी नियन्त्रणमा जोड दिएका छन् । प्रदर्शनमा गाउँगाउवाट आएका कांग्रेसका भातृ संगठन सहितका दर्जनौ नेता तथा कार्यकर्ताहरुले सहभागिता जनाएका थिए ।