नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुङ्गामा पूननिर्माणको कार्यलाई तिब्रता दिन सरोकारवालाको जोड

विवेश श्रेष्ठ, असार ३१ ओखलढुङ्गा ।  पूननिर्माण प्राधिकरण अन्तर्गत ओखलढुङ्गामा निर्माण भएका विद्यालय तथा व्यक्तिगत आवास गृहको निर्माण कार्यलाई तित्र्रता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई ओखलढुङ्गाले आईतवार आयोजना गरेको जिल्ला स्तरीय समिक्षा गोष्ठिमा सरोकारवालाहरुले यस्तो बताएका हुन् । २०७२ को भूकम्प पश्चात ओखलढुङ्गामा पूर्ण क्षति भएका व्यक्तिगत आवास गृह तथा विद्यालयको भवन निर्माणको कार्यले गतिमा सुस्तता छाएको बताउदै पुन निर्माणको कार्यलाई जोड दिनुपर्ने सरोकारवालाहरुको जोड छ ।

पूननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई ओखलढुङ्गाका अनुसार ओखलढुङ्गामा निजी आवास २१ हजार १ सय २२ घर पूर्ण क्षती भएका छन् । पूर्ण क्षति भएका निजि आवास मध्ये हाल सम्म १९ हजार ९ सय ७५ जनाले सम्झौता गरि सकेका छन् । सम्झौता भएका लाभग्राही मध्ये १९ हजार ४ सय ५ जनाले पहिलो किस्ता वापतको रु ५० हजार लिई सकेका छन् ।

पूननिर्माण प्राधिकरणका अनुसार हाल सम्म १७ हजार २ सय ७९ जनाले घर निर्माणको कार्य थालीन गरेका छन् । त्यस्तै १६ हजार ८ सय ५५ लाभग्राहीले दोश्रो किस्ता रकम लिएका छन् भने अहिले सम्म तेश्रो किस्ता रकम लिने लाभग्राहीको संख्या १० हजार ४ सय ८६ मात्र छ । व्यक्तिगत निजी आवास गृहको प्रबलिकरणका लागि २ हजार ८ सय ६२ जना सिफारिस भएका छन् । जसमध्ये १ हजार १ सय ७४ जनाले सम्झौता पनि गरिसकेको तथा १ हजार १ सय ४४ जनाले पहिलो किस्ता वापतको रकम समेत लिएको जिल्ला आयोजना कार्यान्वयन ईकाई ओखलढुङ्गाका सामाजिक विकास विज्ञ सुनिता अधिकारीले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार जिल्लामा अहिले ८ हजार ६ सय २७ जनाको गुनासोको वारेमा सम्बोधन हुन बाकी रहेको छ । गुनासो कार्यान्वयनका लागि निवेदन दिएर पून सर्बेक्षण गरिएर सम्बोधन भएका तर पनि लाभग्राहीले चित्त नबुझाएको गुनासोको बारेमा पुन वडा मार्फत निवेदन दिन सकिने व्यबस्था छ । सम्बन्धित वडाका वडा अध्यक्षको संयोजकत्वमा रहेको गुनासो फच्र्छौट समितीले त्यसको बारेमा आवश्यक कार्बाही प्रकृया अगाडी बढाउने छ ।

त्यस्ता गुनासोलाई वडा अध्यक्ष र ईञ्जिनियरको टोलीले पून सर्बेक्षण गरि ईन्जिनियरको रिपोर्टलाई पनि समावेशगरि गाउँपालिका तथा वडा पालिकाले सिफारिस गरेमा त्यस्ता निवेदन उपर प्राधिकरणको केन्द्रमा सिफारिस गरिने जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख विजयमुनी बज्राचार्यले बताउनुभयो । पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईका अनुसार गुनासोमा नाम दर्ता गर्ने आवेदकहरु मध्ये ३ हजार ३ सय ९४ जनाको भने गैह« लाभग्राहीको सूचिमा नाम रहेको छ । उनीहरुले पनि आफु गैह« लाभग्राहीमा परेको बारेमा सूचना पाएका ३५ दिन भित्र उजुर गर्न सक्ने पनि प्राधिकरणले जनाएको छ ।