नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

एसइइको नतिजा सार्वजनिक

 

ओखलढुङ्गान्युज, असार ९ काठमाण्डौं । शनिवार साझ अवेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत २०७४ को चैत महिनामा साञ्चालन गरेको परीक्षाको नजिता सार्वजनिक गरेको हो ।

एसईई परीक्षामा देशभरवाट नियमित तर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । सहभागी परीक्षार्थीहरु मध्ये १४ हजार २३४ ले ‘ए’ प्लस ग्रेड ९स्तरीकृत अंक० प्राप्त गर्न सफल भएक छन् । त्यस्तै ४६ हजार १ सय ३० जनाले ‘ए’ श्रेणी प्राप्त गरेका छन् ।

त्यसैगरि ‘बी प्लस’ प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५ सय १२ जना रहेका छन् । यस्तै ‘सी प्लस’ प्राप्त गर्ने ६१ हजार ८ सय ७०, ‘सी’ ल्याउने १ लाख १ हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५ सय ८४ र ‘डी’ ल्याउने ५८ हजार ६ सय ८८ जना रहेका छन् ।

एक्जाम्टेडतर्फ भने १६ हजार ५ सय ७२ जना परीक्षार्थी सहभागी रहेका थिए । उनीहरु मध्ये ए प्लस ग्रेडमा कोही पनि छैनन् भने ए मा २ जना र बी प्लसमा २१ परीक्षार्थी उत्तिर्ण भएका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

नतिजा कसरी थाहा पाउने ?
एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np  र परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिने पनि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।