नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

मोलुङ गाउँपालिकामा बाल मनोसामाजिक अभिमुखीकरण सम्पन्न

ओखलढुङ्गान्युज, जेठ ३१ मोलुङ । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा बाल मनोसामाजिक अभिमुखीकरण आज सम्पन्न भएको छ । मोलुङ गाउँपालिकाको वडा नं. ५ मा रहेका शिवदुती माद्यमिक विद्यालयमा एक कार्यक्रमका बिच कार्यक्रमको समापन गरिएको हो । बालबालिकाको हकअधिकार तथा बालबालिकाहरुलाई शिक्षक अविभावकहरुले गर्नुपर्ने व्यबहार र बालबालिकाको कलिलो उमेरमा देखापर्ने समस्या र तिनलाई कसरी समाधान गर्ने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रममा जानकारी गराईएको थियो ।

मोलुङ गाउँपालिकाको वडा नं. ३ र ५ को आर्थिक सहयोगमा अभिमुखीकरण कार्यक्रम प्राप्चाको प्रगतिशील स्वास्थ्य आमा समूह सञ्जालले सञ्चालन गरेको हो । गत शुक्रबार देखी दुईओटा वडा, साविकको प्राप्चा गाविसका विभिन्न आठओटा विद्यालयमा अभिमुखीकरण कार्यक्रमको सञ्चालन गरिएको प्रगतिशील स्वास्थ्य आमा समूह सञ्जालकी अध्यक्ष चण्डिका फुयाँलले जानकारी दिनुभयो ।

अभिमुखीकरणमा मानसिक स्वास्थ्य तथा सामाजिक परामर्श केन्द्र ओखलढुङ्गाका छत्र बहादुर केसीले सहजीकरण गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय व्यबस्थापन समितिका सदस्यहरु तथा शिक्षक अविभावक संघका सदस्यहरुको समेत सहभागिता रहेकोे थियो ।