नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

माेलुङ्ग पुलका ठेकेदार लामालाई छाडियो

ओखलढुङ्गान्युज, जेठ २३ ओखलढुङ्गा  ।  जिल्ला प्रशासन कार्यालयको प्रत्यक्ष निर्देशनमा पक्राउ परेका ठेकेदार रविन्द्र लामालाई प्रशासनले रिहाई गरेको छ । सुनकोशी गाउँपालिका १० कटुञ्जे र मोलुङ गाउँपालिका १ कुन्तादेवी जोड्ने मोलुङ खोलाको पक्की पुलको ठेक्का लिएर काम समयमा नै सम्पन्न नगराएको भन्दै उनलाई शोमवार पक्राउ गरिएको थियो ।

ठेक्का लिएर समयमै काम पुरा नगर्ने ठेकेदार लामालाई पक्राउ गरेको २४ घण्टा पनि नवित्दै छाडिएको छ । मोलुङ खोलाको पक्की पुल निमार्णको ठेक्का लिएको राजेन्द्र लोकप्रिय जेभीका उनी मुख्य कन्ट्रयाक्टर नभई सब–कन्ट्रयाक्टर मात्र हुन् । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको निर्देशनमा सोमबार लामालाई पक्राउ गरिएको थियो ।

तर उनलाई पक्राउ परेको २४ घण्टा पनि नवित्दै स्पष्टिकरण लिएर छाडिएको हो । सब–कन्ट्रयाक्टर लामालाई अबको छ महिना भित्रै काम सम्पन्न गरी सक्ने प्रतिबद्धता सहित छाडिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

राजेन्द्र जेभील्े लिएको मोलुङ खोलाको पक्की पुलको ठेक्का लिएको पाँच वर्ष सम्म पनि जम्मा १० प्रतिशत सम्मको काम पनि नगरेको उक्त कम्पनीलाई अबको तिन महिना भित्रमा काम सम्पन्न गराउने प्रतिबद्धता गराई छाडिएको छ । लामालाई प्रतिबद्धता गराउदा रोहवरमा भने जिल्ला समन्वय समिति ओखलढुङ्गाका अध्यक्ष जय बहादुर श्रेष्ठ, प्रहरी प्रमुख अनन्तराम शर्मा, सुनकोशी गाउँपालिका अध्यक्ष रुद्ध प्रसाद अधिकारी सहित रहेका छन् ।

तिन महिनामा काम सकाउने भन्दैे समय दिएर प्रतिबद्धता गराएर छाडिएपनि बर्षा मौषम लागेकाले तिन महिना भित्र काम सक्ने सम्भावना देखीदैन । काम गर्नका लागि सम्बन्धित स्थानमा पु¥याईएको कतिपय सामाग्रीहर समेत यस अगाडी नै निर्माण स्थलवाट ठेकेदार कम्पनीले उठाई सकेको छ । पटक पटक प्रतिबद्धता गराउदै छाड्दा काम गर्न थाले है भन्ने भान बनाउदै ठेकेदार कम्पनीका मानिस केही दिन हुने र त्यसपछि काम त्यसै छाडेर फेरी फरार हुने स्थानीय नागरिकहरुले आशंका गरेका छन् ।

यसअघि ठेक्का लिएको ५ बर्षमा पुलको सबै पिल्लर समेत उठाउन सकेको छैन । ८० मिटर लम्बाई र ५ मीटर चौडाइमा निमार्ण हुने उक्त पुल २०७० साल असार ३० गते दुई वर्ष्भित्र सम्पन्न गर्नेगरी सुरुमा ३ करोड ३२ लाख ५५ हजार १ सय ६९ रुपैयाँको लागतमा सम्झौता गरिएको थियो । तर पछि डिजाइन परिवर्तन पश्चात ५ करोड ६९ लाख २४ हजार ५ सय ९८ रुपैयाँ र्पुयाइएको थियो ।