नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

साझाचौतारी युवा क्लवले भलिवलको आयोजना गर्ने

विवेश श्रेष्ठ, जेठ २२ ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका वडा नं. २ ठूलाछाप निशंखेको साझा चौतारी यूवा क्लवले विश्व रक्तदाता दिवसको अवसर पारेर भलिबल प्रतियोगिता गर्ने भएको छ । आज उद्योग वाणिज्य संघको सभाहल ओखलढुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी गराएको हो ।

‘राष्ट्रका लागि खेलकुद–स्वास्थ्यका लागि खेलकुद’ भन्ने राष्ट्रिय नारा र ‘राष्ट्र निर्माणको महाअभियानमा यूवाहरुको शशक्तिकरण हाम्रो अभियान, अनुशाशित र उत्कृष्ट खेलाडी उत्पादन साझा चौतारी युवा क्लवको सान’ भन्ने स्थानीय नाराका साथ प्रतियोगिताको आयोजना गर्न लागिएकाे हो ।

पत्रकार सम्मेलनमा साझा चौतारी युवाक्लवका अध्यक्ष वशन्त कटवालले विशेष गरि स्थानीय स्तरका खेलाडीहरुको उत्पादन र विकास गर्ने उद्देश्यका साथ खुला वडा स्तरिय भलिवल प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । विभिन्न दाताहरुको सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागिएकोले प्रतियोगितालाई सभ्य र भव्य ढंगले समापन गर्नका लागि सबैपक्षवाट सहयोगको अपेक्षा गरिएको पनि अध्यक्ष कटवालले बताए ।

प्रतियोगिता खुला भएपनि एकटिममा कुनैपनि नगरपालिका वा गाउँपालिकाको एउटैवडाका खेलाडी मात्रै हुनुपर्ने खेलमा सहभागीताको नियम छ । प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुले एउटै वडाको भएको परिचयपत्र खुल्ने कागजात पेश नगरेसम्म उक्त टिमका खेलाडीहरुलाई सहभागी नगराईने पनि आयोजकले बताएको छ ।

साझा चौतारी युवा क्लवले प्रतियोगिताको आयोजना गरेको भएपनि प्राबिधिक सहयोग भने जिल्ला खेलकुद विकास समितीको रहनेछ । भलिवल प्रतियोगिताका विजयी टिमले क्रमशः प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५, द्वित्तिय हुनेले नगद ३३ हजार ३ सय ३३ र तृतिय हुनेले नगद २२ हजार २ सय २२ का साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सान्त्वना स्थान प्राप्त गर्नेका लागि नगद ५ हजार ५ सय ५५ प्रदान गरिने प्रतियोगिताका संयोजक जिवन कटवालले जानकारी दिए ।

जिल्ला कै उच्च धनराशीको भलिवल प्रतियोगिता यो दोश्रो हो । यसभन्दा अगाडी पहिलो पटक यही राशी बराबरको सुनकोशी गाउँपालिकाको वडा नं. ५ मूलखर्कमा पनि प्रतियोगिता सञ्चालन भएको थियो । मूलखर्कमा भएको प्रतियोगिता भने अन्तरपालिका स्तरिय थियो । प्रतियोगिताका सबै बिधाहरुमा पनि उत्कृष्ट हुनेलाई शिल्ड र मेडलको व्यबस्था गरिएको पनि आयोजकले जनाएको छ । प्रतियोगिता जेठ ३१ देखी अशार ४ गते सम्म सञ्चालन हुनेछ ।