नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

रुपान्तरण सम्बन्धि ओखलढुङ्गाका किशोरीहरुलाई दुईदिने अनुशिक्षण

ओखलढुङ्गान्युज, जेठ १० ओखलढुङ्गा । आगामी आर्थिक वर्षका लागि तयारी हुदै गरेको सिद्धिचरण नगरपालिकाको वार्षिक बजेटमा किशोरी लक्षित कार्यक्रम पनि समाबेश गर्ने सिद्धिचरण नगरपालिकाका नगर उप–प्रमुख ईच्छा कुमारी गुरुङले बताउनु भएको छ । सिद्धिचरण नगरपालिका तथा महिला बालबालिका तथा समाज कल्याण उपशाखा ओखलढुङ्गाको आयोजनामा किशोरी बृत्तका किशोरी सदस्यहरुका लागि आयोजना गरिएको दुईदिने रुपान्तरण अनुशिक्षण कार्यक्रममा उप–प्रमुख गुरुङले यस्तो बताउनु भएको हो ।

किशोरीहरु समाज परिवर्तनका संवाहक भएकाले ती किशोरीहरुको क्षमता अभिबृद्धि गराउदै किशोरीहरुलाई जीवन उपयोगी सीपहरुद्वारा रुपान्तरण गराउने उद्देश्यका साथ अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको महिला बालबालिका समाज कलयाण उप शाखा प्रमुख सरिता तामाङले बताउनुभयो । दुईदिने किशोरी अनुशिक्षण कार्यक्रममा सिद्धिचरण नगरपालिकाका ३५ जना किशोरीहरुको सहभागीता रहेको थियो ।

किशोरी अनुशिक्षणमा सहभागी आफ्नौ उमेर समूहका किहोरीहरुलाई जिल्लामा किशोरी रुपान्तरण तालिम प्राप्त सरस्वती वानीया, सृष्टि थापा लगायत ६ जना किशोरीहरुले प्रशिक्षण दिएका थिए । त्यस्तै अनुशिक्षण कार्यक्रमको बालबालिका तथा समाज कल्याण उप शाखा प्रमुख सरिता तामाङ, यूएनएफपीएका ओखलढुङ्गा प्रमुख सरिता दाहालले पनि सहजीकरण गर्नुभएको थियो । मंगलवारवाट महिला तथा बालबालिका कार्यालयको हलमा स१चालन भएको अनुशिक्षणको बुधवार समापन गरिएको छ ।