नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

मदन आश्रित दिवसमा ओखलढुङ्गामा अनेरास्ववियुको अन्तरक्रिया

ओखलढुङ्गान्युज, जेठ ३ ओखलढुङ्गा । ओखलढुङ्गामा पनि अन्तरक्रिया कार्यक्रम गरेर २५ औं मदन आश्रित स्मृति दिवस मनाईएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी ओखलढुङ्गाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अनेरास्ववियुले नेकपा एमालेको जिल्ला कार्यालयमा नेपालको कम्युनिष्ट आन्दोलनमा मदन आश्रितको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

अन्तरक्रियामा नेकपा एमालेमा आस्थावान् नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । सहभागीहरुले माक्र्सवादलाई सृजनात्मक प्रयोग गरेर जनताको बहुदलीय जनवादको कार्यक्रम नेपाली क्रान्तिको कार्यक्रमलाई अघि सारेका जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मरण गरेका थिए ।

भण्डारीले अघि सारेको सिद्धान्त जनताको बहुदलीय जनवादलाई नेकपा एमालले पार्टीको सिद्धान्तका रुपमा स्वीकार गरेर अघि बढेको थियो । कार्यक्रममा नेकपा एमाले ओखलढुङ्गाका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ, उपाध्यक्ष नेत्र भट्टराई, सिद्धिचरण नगरपालिकाका उप प्रमुख इच्छाकुमारी गुरुङ्ग लगायतका वक्ताहरुले मदन आश्रितको योगदानका बारेमा चर्चा गरेका थिए ।

यसैबीच अनेरास्ववियुले नेकपा एमाले र माओवादीको आजै भएको एकताको स्वागत गर्दै आज साँझ सिद्धिचरण चोकमा दिपावली गर्ने जनाएको छ ।