नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

भूकम्पवाट विस्थापित दुई सय परिवार बिचल्लीमा

ओखलढुङ्गान्युज, वैशाख २९ ओखलढुङ्गा । ओखलढुङ्गामा भुकम्पपछि बिस्थापित बनेका जिल्लाका झण्डै दुई सय परिवार बिचल्लीमा परेका छन् । भूगर्वविद्हरुको अध्ययनले बसोबास गर्न अयोग्य ठह¥याएका बिभिन्न बस्तीहरुको स्थानान्तरणको प्रकृया सुरु नहुँदा उनिहरु बिचल्लीमा परेका हुन् ।

भूगर्र्भिवद्हरुको अध्ययनले जिल्लाको साबिकका हर्कपुर, प्राप्चा, बिलन्दु, फूलबारी, टारकेराबारी र रगनीका गाविसका झण्डै दुईसय घरपरिवार बसोबास गर्दै आएको स्थानलाई बसोबासका लागी अयोग्य ठह¥याएको छ । बस्तीका लागि अयोग्य भनिएका वस्तीहरु २०७२ सालको भुकम्पका कारण चिराचिरा परेका छन् ।

अनुसार विस्थापित १ सय ४८ परिवारलाई तत्कालै स्थानान्तरण गर्नुपर्ने र बाँकिको पहिचान भैरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुङ्गाले जनाएको छ । भुकम्पका कारण घरघडेरी चिराचिरा परेका पीडितहरु भूकम्प गएको तिन बर्ष बितिसक्दा समेत टुलुटुलु हेरिरहन बाध्य भएका छन् । घरको पुन निर्माणको लागि भनि बैंकवाट पहिलो किस्ता वापतको ५० हजार पैसो भने उनीहरु धेरैले बुझेका छन् । तर आफ्नो पुरानो घर भएको स्थानमा बसोबासका लागि अयोग्य रहेकोले त्यहाँ घर निर्माण गर्न नमिल्नेर आफ्नो अन्यत्र भएको जग्गामा पनि घर बनाउन नमिल्ने भएपछि उनीहरु अन्यौलमा छन् ।

नेपाल सरकारले भूकम्पवाट विस्थापित बनेका घरपरिवारलाई नेपाल सरकारले घर निर्माणको लागि जग्गा उपलब्ध गराउने भनेपनि ओखलढुङ्गाका पिडितहरुलाई अहिले पनि जग्गा वा जग्गा खरिदका लागि केही उपलब्ध गराईएको छैन । पिडितहरुले अहिलेपनि त्रिपाल तथा जस्ताका टहरामा मुनी रात काट्न बाध्य रहेका छन् । ट्रान्सपरेन्सी ईन्टर नेशनल नेपाल ओखलढुङ्गाले विहिवार ओखलढुङ्गामा आयोजना गरेको बैठकमा छलफलका क्रममा सहभागीहरुले विस्थापित परिवारको बारेमा के भैरहेको छ भन्ने प्रश्न गरेका थिए ।

सरोकारवालाहरु सँगको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुंगाका प्रमुख विजयमुनि बज्राचार्यले बस्ती सार्नका लागी धमाधम आवेदन आईरहेका बताउनुभएको छ । भुगर्भविद्ले सिफारिस गरेका बस्तीलाई स्थानान्तरण गर्ने र व्यक्तिगत रुपमा सुरक्षित स्थानमा घर बनाउन चाहनेका लागि अनुदान समेत दिने प्रकृया सुरुवात गरेको उहाँले बताउनुभयो ।

जिल्लामा विस्थापित भनिएका मध्ये हाल सम्म १ सय ४७ परिवारको आवेदन प्राप्त भएको छ । उनीहरु मध्ये लिखु गाउँपालिका वडा नं. ८ टारकेराबारीका ११ र मोलुङ गाउँपालिका वडा नं. ४ हर्कपुरका २ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि प्रकृया अघि वढाईएको प्रमुख बज्राचार्यले वताउनुभयो । अन्यको प्रकृया अघि बढाउनका लागि भने पूननिर्माण प्राधिकरण ओखलढुङ्गाका पूर्व प्रमुख युवराज खरेल सरुवा भएर गएपनि हालसम्म बरबुजारथ नगरेको कारण ढिलाई भएको बताईएको छ । खरेलले बरबुजारथ गर्नासाथ प्रकृया अघि बढाईने र त्यसको लागि केही समय लाग्ने प्रमुख बज्राचार्यले बताउनुभयो ।