नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

शुल्क वृद्धिको विरोधमा विद्यार्थी संगठन थप आन्दोलित

ओखलढुङ्गान्युज, वैशाख २६ काठमाडौँ ।
निजी विद्यालयले गरेको शुल्क वृद्धिको विरोधमा विभिन्न सात विद्यार्थी संगठनहरु संयुक्त रुपमा थप आन्दोलित भएका छन् । आन्दोलनरत विद्यार्थी संगठनरुमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नेकपा (विप्लव) नजिकको अखिल क्रान्तिकारी, राजपा विध्यार्थी संगठन, नयाँ शक्ति विध्यार्थी युनियन, अनेरास्ववियू पाँचौं, समाजवादी विद्यार्थी फोरम र राष्ट्रवादी विद्यार्थी संघ विद्यार्थी संगठन रहेका छन् ।

पूर्वघोषित कार्यक्रम अनुसार आन्दोलनरत विद्यार्थी संगठनहरुले मंगलवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा सातवटै विद्यार्थी संगठनका केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो । विरोध प्रदर्शनका क्रममा निजी विद्यालयहरुले वृद्धी गरेको शुल्क फिर्ता नगरे ८ हजार निजी विद्यालयमा तालाबन्दी गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् ।

२३ गते पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका उनीहरुले शिक्षा विभाग र सत्तापक्षीय नेकपा एमाले–नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस निकट विद्यार्थी संगठनबीच भएको सम्झौताले शैक्षिक माफियाहरुकै पक्षपोषण गरेको र वृद्धि गरिएको शुल्क फिर्ता नभएको भन्दै निर्णयको विरोध गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनरत विद्यार्थी संगठनहरुको घोषित आन्दोलनका कार्यक्रम अनुसार सात विद्यार्थी संगठनहरुले सोमबार शिक्षा विभागका सचिवलाई चेतावनी पत्र बुझाएका छन् भने मंगलबार माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले शुल्क वृद्धि, शिक्षा क्षेत्रमा रहेका तमाम विकृतिहरुका विषयमा २६ गते बुधबार संयुक्त अन्तरक्रिया कार्यक्रम गर्दैछन् भने २७ गते देशव्यापी शैक्षिक हड्ताल गर्नेलगायतका कार्यक्रमहरु सार्वजनिक गरिसकेका छन् ।

तीन विद्यार्थी संगठन सग बसेर गरेको छलपल पश्चात शिक्षा विभागले बैशाख २२ गते विद्यार्थी संगठनहरुले संघर्षका सम्पूर्ण कार्यक्रम फिर्ता गर्ने सहमति भएको व्यहोरासहितको वक्तव्य सार्वजनिक गरेपछि सात विद्यार्थी संगठनले तत्कालै बैठक बसी आन्दोलन जारी रहीरहेको अवस्थामा आएको वक्तव्यप्रति कडा आपत्ति जनाउँदै उनीहरुले एक विज्ञप्ती समेत जारी गरेका छन् ।

 जारी गरिएकाे विज्ञप्ती :