नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

फेरी बढ्यो तेलको भाउ

ओखलढुङ्गान्युज, बैशाख २१ काठमाडौं ।  नेपाल आयल निगमले फेरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धी गरेको छ । आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा र डिजेल र मटीतेलमा प्रतिलिटर ३–३ रुपैयाँले मूल्यवृद्वि गरेको हो ।

विहीवार राति १ बजेदेखि लागू हुने गरि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ हुनेछ । यस्तै, डिजेल र मट्टीतेल दुवैको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । तर खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको भने मूल्य यथावत रहेको निगमले जनाएको छ ।

वाम सरकार गठन भएपछि पेट्रोलियम पदार्थको मूल्य बढेको यो तेस्रो पटक हो । पछिल्लोपटक वैशाख ३ मा पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टीतेलमा दुई रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाइएको थियो । निगमका अनुसार मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ९० पैसा नाफा छ, तर डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ २२ पैसा अझैं घाटा रहेको छ । त्यसैगरी एलपी ग्यासमा ६४ रुपैयाँ २९ पैसा घाटा छ । निगमका अनुसार डलरको सटहीदरमा वृद्धि भएको र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण मूल्य समायोजन गर्नुपरेको हो ।