नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

मूलखर्क कप भलिवल २०७५ : लिखुको कब्जामा

विवेश श्रेष्ठ, बैशाख १७ मूलखर्क । मूलखर्क कप भलिवल प्रतियोगिता सुरु भएको चौथो दिन प्रतियोगिताका फाईनल खेलहरु सम्पन्न भएको छ । प्रतियोगिताको समापन हुदै गर्दा प्रथम ऐतिहासिक मूलखर्क कप भलिवल प्रतियोगिताको प्रथम स्थान लिखु गाउँपालिकाले कब्जा गरेको छ ।

लिखु गाउँपालिकाले प्रतियोगितामा विजयी हासिल गरे सगै नगद रु ५५ हजार ५ सय ५५ रुपैया, शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । लिखु गाउँपालिकाले आफ्नो चिर प्रतिद्वन्द्वी चम्पादेवी गाउँपालिका ‘ए’ लाई सोझो सेटमा हराउदै शिल्डमा कब्जा जमाएको हो ।

आईतवार भएको फाईनलमा चम्पादेवीलाई लिखु गाउँपालिकाले २५–२१, २५–१९ र २५–२० ले पराजित गरेको हो । लिखु गाउँपालिका सग हारेपछि चम्पादेवीले आफुलाई उपविजेता कायम गर्दै दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । दोश्रो स्थानमा रहेको चम्पादेवीले नगद ३३ हजार ३ सय ३३, शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा तेश्रो स्थानका लागि भएको खेलमा मोलुङ ‘ए’ ले चिशंखुगढी गाउँपालिकालाई हराउदै आफ्नो स्थान सुरक्षीत गरेको छ । मोलुङ ‘ए’ ले चिशंखुगढी गाउँपालिकालाई पनि २५–१६, २५–१७ र २५–२१ को सोझै सेटमा हराउदै तेश्रो स्थान पक्का गरेको थियो । तेश्रो स्थान सुरक्षित गरेको मोलुङ ‘ए’ ले शिल्ड, मेडल र प्रमाण–पत्र सगै नगद रु २२ हजार २ सय २२ पाउनेछ ।

फाईनल अगाडी भएको सेमीफाईनल खेलमा लिखु गाउँपालिकाले चिशंखुगढी गाउँपालिकालाई प्रतिष्पर्धात्मक खेलमा हराउदै प्रथम स्थानका लागि हुने खेलको स्थानलाई सुरक्षित गरेको थियो । त्यस्तै अर्को सेमिफाईनल खेलमा चम्पादेवी गाउँपालिका ‘ए’ ले मोलुङ गाउँपालिका ‘ए’ लाई हराउदै प्रतियोगिताको प्रथम स्थानका लागि हुने फाईनल खेलका लािग स्थान सुरक्षित गरेको थियो ।

सेमिफाईनलमा जितेका चम्पादेवी गाउँपालिका ‘ए’ र लिखु गाउँपालिका बिच भएको फाईनल खेलमा खेल जित्दै लिखु गाउँपालिकाले प्रथम स्थान प्राप्त गरेको हो भने चम्पादेवीले दोश्रो स्थान प्राप्त गरेको हो । सेमिफाइनल हारेको मोलुङ ‘ए’ र चिशंखुगढी गाउँपालिका बिच तेश्रो स्थानका लािग भएको खेलमा खेल जित्दै मोलुङ ‘ए’ ले तेश्रो स्थान पक्का गरेको खेलका निर्णायक नारायणकाजी राईले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई शोमबार आज बुद्धजयन्तीको दिनको अबसर पारेर नगद सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । बुद्धजयन्तीको दिन मूलखर्कमा गुन्द्रीमेलाको पनि आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने सुनकोशी गाउँपालिका वडा नंं ५ का वडा अध्यक्ष गोविन्दराम तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार शोमबार नै बिशेष सास्कृतिक कार्यक्रमका साथ जिल्लामा रहेर समाजका विविध कृयाकलापमा विशिष्ट योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।