नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गा ट्रेड युनियनका अध्यक्ष दाहाल बने घतानीको अभिभावक

ओखलढुङ्गान्युज, बैशाख १३ ओखलढुङ्गा ।
निजामती कर्मचारी ट्रेड युनियन ओखलढुंगाका अध्यक्ष राजन दाहाल बैशाख १२ वाट एक बालिकाकी अबिभावक बनेका छन् । दाहाल आमा, बाबु नभएकी सिद्धिचरण नगरपालिका २ तलुवा निवासी मुना घतानीको अभिभावक बनेका हुन् । अविभावक नहुदा अध्ययनमा घतानीले समस्या झेल्दै आएकी थिईन ।

अहिले देशै भर विद्यार्थी अभियानका कार्यक्रमहरु सञ्चालन भै रहेका छन् । यही विद्यार्थी भर्ना अभियानका क्रममा बुधबार तलुवा स्थित रक्तमाला आधारभुत विद्यालयमा पुगेर अध्यक्ष दाहालले मुनाको भर्ना गराएका छन् । दाहालले यसवर्षका लागि मुनाको आवश्यक विद्यालय पोशाक, शैक्षिक सामग्री र खाजा खर्चका लागि नगद ६ हजार २ सय रुपैँया हस्तान्तरण गरेका छन् ।

बुबाले आत्महत्या गरेको केही महिना नबित्दै करेन्ट लागेर आमाको मृत्यू भएपछि मुना अहिले हजुरआमासँग बस्दै आएकी छिन् । सहयोग पाएपछि खुसी हुँदै मुनाले भनिन् ‘मेरो बाबा, ममी हुनुहुन्न, म हजुरआमासँगै बस्छु, यो पैसाले कपि किन्छु अनि धेरै पढ्छु ।’ मुनाले यसो भनिरहँदा निकै भावुक देखिएका अध्यक्ष दाहालले उनको अध्ययनका लागि सँधै सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

रक्तमाला आधारभुत विद्यालयमा बुधबार आयोजित एक औपचारिक कार्यमक्रम आर्थिक अभावका कारण विद्यालय जान बाट बन्चित अति विपन्न परिवारका नौ जना बालबालीकाहरुलाई भर्ना गरिएको छ । भर्ना गरिएका बालबालिकाहरुका लागि जिल्लाका विभिन व्यक्तिहरुले पढाई खर्चका लागि भन्दै आर्थिक सहयोग गरेका छन् ।

दलित बस्तिको केन्द्रमा रहेको रक्तमाला आधारभुत विद्यालय कक्षा सात सम्म सञ्चालन भईरहेको छ । १४ जना विद्यार्थी बाट २०७० सालमा स्थापना गरिएको विद्यालयमा अहिले २ सय बिस जना विद्यार्थी अध्ययनरत रहेको प्रध्यानाध्यापक दिपक फुयालले बताउनुभयो ।

यसअघि जिल्लामा ओखलढुङ्गावाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले मानेभञ्ज्याङ्ग गाउँपालिका अन्तर्गत टोक्सेलका बिमल माझीको अभिभावकत्व ग्रहण गर्दै भर्ना अभियान सुरु गर्नुभएको थियो । अहिले ओखलढुङ्गा लगायत देशैभर विद्यार्थी अभियान चलिरहेको छ ।