नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गामा सिसि क्यामेरा जडान गर्न प्रदेश सरकारवाट १ लाख

विवेश श्रेष्ठ, बैशाख १३ ओखलढुङ्गा ।
पछिल्लो समयमा ओखलढुङ्गामा चोरीको घटनामा बृद्धि भएपछि सदरमुकाम, बजार क्षेत्रलाई लक्षित गरेर सिसि क्यामेरा जडान गरिने भएको छ । सदरमुकामलाई सुरक्षित बनाउने उद्देश्यले सिसि क्यामेरा जडान गर्न लागीएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।

बजार क्षेत्रका मुख्य मूख्य क्षेत्रहरुलाई लक्षित गरेर सिसि क्यामेरा जडान गर्न लागिएको हो । सिसि क्यामेरा राख्नु पर्ने र सुरक्षाको दृष्टिले अलिक गम्भिर मानिएको क्षेत्रहरुको बारेमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको समन्वयमा सिसि क्यामेरा राख्ने निर्णय भएको छ । जिल्ला सदरमुकाम सिद्धिचरण नगरपालिकाको वडा नं. ११ र १२ का ९ वटा स्थानमा १५ थान क्यामेरा जडान गरिने भएको हो ।

सदरमुकाम सिद्धिचरण नगरपालिकाको रमाईलो डाडा, मिलन चोक, जिल्ला समन्वय समिति टोल, गणेशटोल, हाटबजार, बाणिज्य बैंक क्षेत्र, जिल्ला प्रशासन कार्यालय, जिल्ला तथा उच्च अदालत र उद्योग बाणिज्य संघ ओखलढुङ्गामा जडान गरिने भएको छ । क्यामेरा जडान कार्यका लागि प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थानीय तहलाई १ लाख रुपैया उपलब्ध गराएको छ ।

उल्लेखित सबै स्थानका लािग क्यामेरा जडान गर्न खर्चको अभाव हुने हुदा जडानको लागी अपुग रकम स्थानीय बाणिज्य संघ लगायत संघसंस्थाहरुको सहभागीता र योगदान बाट व्यबस्थापन गर्ने तयारी पनि थालिएको छ । ‘अरु संघ–संसथाको सहयोगमा मात्रै क्यामेरा जडान गर्दा क्यामेरा र रकम दुबैको अभाव हुन्छ ।’ प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भन्नुभयो, ‘जिल्लामा रहेका स्थानीय जति बैकंहरु सञ्चालनमा रहेका छन्, तिनीहरुको आसपासमा पनि सुरक्षाको चुनौती रहने हुदा आफ्नो कार्यालय अगाडीका स्थानहरुमा सिसि टिभी जडान गर्न आग्रह गर्दछु ।