नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

आन्तरिक किचलोले थलियो पर्यटकिय स्थल थोलेदेम्बा

फायल तस्विर २०७४

मनोज भट्टराई/ विएन श्रेष्ठ, बैशाख १० ओखलढुङ्गा । ओखलढुंगाको सबैभन्दा अग्लो पर्यटकीय स्थल देम्वाडाँडामा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्नुभएको ऐतिहासिक पर्यटकीय महोत्सव अनिश्चित बनेको छ । समितिको आन्तरिक विवाद र स्थानीय तहको वेवास्ताका कारण समुद्र सतहबाट ३ हजार १ सय ५० मिटरको उचाइमा थालिएको महोत्सव अलपत्र परेको हो । थोलेदेम्वा महोत्सव ०७४ साल बैशाख १ गते हरेक वर्ष गर्ने गरी राष्ट्रपति भण्डारीबाट शुभारम्भ गरीएको थियो ।

महोत्सव आयोजक समितिको विवादका कारण यो वर्ष महोत्सव नभएपछि थोलेदेम्वा क्षेत्रका स्थानीय र महोत्सवमा सहयोग गर्ने दाताहरु समेत आक्रोशित भएका छन् । महोत्सवमा संकलन भएको रकम र खर्च विवरण समेत समितिले अहिले सम्म सार्वजनिक गर्न सकेको छैन ।

आन्तरिक विवादले थोलेदेम्वा पर्यटकीय महोत्सव अनिश्चित
हिसाब किताबले समितिमा विवाद देम्वा महोत्सव मुल आयोजक समितीमा बिवाद भए पछि महोत्सव अनिश्चित भएको छ । गत वर्ष महोत्सव सम्पन्न गर्न ओखलढुंगाबाट निर्वाचित सांसदहरुले संसद विकास कोषबाट समेत रकम लगानी गर्नु भएको थियो । यसका साथै जिल्ला भित्र तथा जिल्ला बाहीरका धेरै दाताहरुले आर्थिक सहयोग गरेका कारण देम्वा महोत्सव सफल भएको थियो । २०७४ बैशाख १ गते सम्पन्न महोत्सव सफल पार्नका लागी सांसद यज्ञराज सुनुवारले १५ लाख, हर्कबोल राईले ५ लाख, शकुन्तला राजभण्डारीले ५ लाख, सुरेन्द्रकुमार कार्कीले ३ लाख रकम उपलब्ध गराउनुभएको थियो । त्यस्तै अन्य थुप्रै दाताहरुले महोत्सव सम्पन्न गर्न अनुदान दिएका थिए ।

महोत्सव सम्पन्न भए पछि आय व्याय विवरण सार्वजनिक गर्न समितिलाई साँसदहरुले सुझाव दिए पनि समितिका पदाधिकारीहरुबीचको हिसावकिताब विवादले महोत्सव नै प्रभावित भएको गतवर्ष सम्पन्न महोत्सव मुल आयोजक समितीका अध्यक्ष डेण्डी शेर्पाले बताउनु भयो । यही विवादका कारण हिसावकिताव सार्वजनिक हुन सकेको छैन गत वर्षको हिसावकिताव सार्वजनिक सुनुवाइ गरेर तत्कालै सार्वजनिक गर्ने तयारी गरेको संयोजक शेर्पाको भनाई छ । महोत्सव समेत ०७५ सालमा आयोजना हुने उहाँको दावी भए पनि अलिेसम्म तिथिमिती तय भएको छैन । तर, बैशाखमा वर्षाका कारण सम्भव नभएकाले मंसिर सम्ममा महोत्सव गरीने उहाको भनाई छ ।

बिवादकै कारण खिजीदेम्वा गाउँपालिकाको ऐतिहाँसिक पर्यटकीय क्षेत्रको रुपमा परिचित थोलेदेम्वामा महोत्सवका लागि गाउँपालिकाले गाउँ सभामा प्रस्ताव नै लगेन । महोत्सव आयोजक समितिले प्रस्ताव नै नल्याएकाले गाउँपालिकाले कुनै योजना बजेट व्यवस्था नगरेको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताउनु भयो । देम्वा महोत्सवको छुट्टै आयोजक समिति छ, उनीहरुले प्रस्ताव नल्याएनु आयोजक बीचमा समस्या भएको हुनसक्छ प्रताव नआए पछि गाउँपालीकाको प्रथमिकतामा नपरेको रोकाको ठम्याई छ । स्थानीय सरकारले गाउँपालिकाको ऐतिहासिक क्षेत्रलाई चासो नदिएको भन्दै स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

पर्यटन पदमार्ग र भ्युटावर अलपत्र
देम्बाडाँडाको चुचुरोमा ०७४ बैशाख २ गते सांसद यज्ञराज सुनुवारले पर्यटकीय भ्यूटावर शिलान्याश गर्नु भएको थियो । पर्यटकीय क्षेत्र अबलोकनका लागि निर्माण गरीने भनिएको भ्युटावरको काम समेत महोत्सव आयोजक समिति र गाउँपालिका बीचमा समन्वय नहुँदा अलपत्र परेको छ । गाउँपालिकाले भ्युटावर निर्माण गर्न कुनै बजेट विनियोजन गरेको छैन ।

स्थानीय सरकारले आफ्नो क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि काम गर्नु पर्ने कुरामा संघीय संसदका सदस्य सांसद यज्ञराज सुनुवारले जोड दिनु भएको छ । सबै सँगको सहकार्यमा यो योजना पुरा गर्ने र आन्तरीक तथा बाह्य पर्यटनको घुईँचो देम्वामा लगाउने उहाँले प्रतिबद्धता जनाउनु भयो । राजनीतिक खिचातानीका कारण खिजीदेम्वाका पर्यटकीय क्षेत्र ओझेलमा पर्नु दुःखद भएको स्थानीय बासिन्दाको भनाइ छ ।

फायल तस्वीर २०७४