नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

बैशाख १ गते ओखलढुङ्गामा सगरमाथा हेर्दै रचना वाचन प्रतियोगिता हुने

विएन श्रेष्ठ, चैत ३० ओखलढुङ्गा ।
पुरानो साल २०७४ को विदाई सगै २०७५ आगमन भै सकेको छ । नया वर्षको आगमन सगै देशै भरि नयाँवर्ष मनाउनको लागि समूह समूह अनि परिवार तथा व्यक्ति ब्यक्तिहरुको सूचि नै तयार भै सक्यो । नयाँ वर्षको दिन पारेर नयाँ स्थानमा भ्रमण गर्ने, सास्कृतिक कार्याक्रमको आयोजना गर्ने, खेलकुद प्रतियोगिताको आयोजना गर्ने, बनभोज कार्यक्रमको आयोजना गर्ने जस्ता कार्यक्रमहरुमा नेपालीहरु व्यस्त हुन्छन् ।

नयाँवर्षको आगमन सगै ओखलढुङ्गामा पनि जिल्लाका विभिन्न स्थानहरुमा विबिध कार्यक्रमहरुको आयोजना गरिदैछ । सास्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रम, बनभोज कार्यक्रम सञ्चालन हुदैछ । नयाँवर्षको अबसर पारेर ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा ४० वर्ष माथिका र ४० वर्ष मुनिकाहरुको भलिवल प्रतियोगिता सम्पन्न भएको छ । सुककोशीको मूलखर्क, लिखुको गाम्नाङ्गटारमा जिल्ला कै चर्चित धनराशी राखेर भलिवल प्रतियोगिताको आयोजना गरिदैछ । त्यस्तै मानेभञ्ज्याङ्गको उवुँमा दलित जनसमुदायहरुले सामुहिक बनभोज कार्यक्रमको आयोजना गर्दैछन् ।

ओखलढुङ्गाका लेखक तथा साहित्यीक सर्जकहरुले भने ०७५ सालको नयाँ वर्षमा प्रतियोगितात्मक साहित्यिक कार्यक्रमको आयोजना गर्दैछन् । जिल्लामा रहेको प्रगतिशील लेखक संघले समुद्र सतहीबाट ३ हजार मिटर उचाइको पत्तालेमा रहेको गौरीटापमा खुल्ला कविता तथा गजल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा राष्ट्रिय स्तरका कवि तथा गजलकारहरुले समेत सहभागीता जनाउदै छन् । सहभागी साहित्यकार हरुले श्रोता तथा पाठकहरुलाई नयाँ वर्षमा नयाँ सिर्जनाको स्वाद चखाउने छन् ।

कार्यक्रम स्थलबाट महालंगुर हिमश्रृङ्खला सहज रुपमा देख्न सकिन्छ । त्यसैले कार्यक्रमको नाम नै ‘साहित्ययात्रा सगरमाथा सँगसँगै’ भन्ने अभियान सुरु गरिएको सर्जक तथा कार्यक्रमका प्रमुख व्यवस्थापक सिताराम गुरुङले जानकारी दिनुभयो ।

साहित्य यात्राले सर्जकहरुको भेला सगै अन्तरक्रिया र विचार विर्मशले नेपाली साहित्यको लेख प्रवृत्तिको समीक्षा हुने प्रगतिशील लेखक संघ, ओखलढुङ्गाका अध्यक्ष युवराज दाहालले बताउनुभयो । कार्यक्रम स्थलवाट विश्वको सर्बोच्च शिखर सगरमाथो अवलोकन गर्दै हुने लेखक तथा साहित्यकारहरुको प्रस्तुतीले ओखलढुङ्गा तथा सोलुखुम्बुको पर्यटकीय स्थलको प्रचार हुने आयोजकको अपेक्षा रहेको छ ।

सोलुखुम्बु र ओखलढुंगाको सीमामा रहेको पर्यटकीय स्थलमा हुने साहित्यिक कार्यक्रममा दुई जिल्लाका निर्वाचित जनप्रतिनिधिसमेत सहभागी हुने कार्यक्रम रहेको छ । जनप्रतिनिधि तथा राष्ट्रियस्तरका साहित्यकारहरुलाई सहभागी गराएर साहित्यको विकासमा स्थानीय सरकारमाझ योगदान पुर्याउन आह्वान गरिने प्रगतिशील लेखक संघ ओखलढुङ्गाले जनाएको छ । प्रगतिशिल लेखक संघ ओखलढुङ्गामा करीब डेढ वर्ष पहिले स्थापना भएको थियो ।