नेपाली समय Loading...२०७६ आश्विन ५ आईतवार

‘कामको क्वालिटी र क्वान्टिटीमा नो कम्परमाईज’ – सा‌सद माेहन कुमार खड्का ‘हिमशिखर’

चैत २०७४, ओखलढुङ्गा ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको करीब ९ महिना बिति सकेको छ । त्यस्तै प्रदेश तथा प्रतिनिधी सभा सदस्य पदको निर्वाचन सम्पन्न भएको पनि करीब चार महिना बिति सकेको छ । यो चार महिना बित्दै गर्दा ओखलढुङ्गाका निर्वाचित जप्रतिनिधी के गर्दैछन् ? चुनावका वेला आम मतदाताहरु सँग गरको प्रतिबद्धतालाई पुरा गर्न के योजना छ ? के मा प्राथमिकता पाउछ ओखलढुङ्गाले ? यी र यीनै विषयमा प्रदेश नं. १ अन्तर्गत ओखलढुङ्गा जिल्ला प्रदेश सभा ‘ख’ का माननिय सांसद मोहन कुमार खड्का ‘हिमशिखर’ सँग ओखलढुङ्गान्युज डटकमले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

के गर्दै हुनुहुन्छ ?
अहिले प्रदेशको सदन चलि रहेको छ । त्यसै कार्यमा अलिक व्यस्त व्यस्त भएर लागेको छु ।

निर्वाचन सम्पन्न भएको सयदिन त नाघि सक्यो । के गरेर विताउनुभयो यो समय ?
मंशिर १० गते निर्वाचन भयो । २४ गते यसको घोषणा भयो । तर विविध बाधा अड्चन र प्राविधिक समस्याले हामीले समयमा नै सपथ ग्रहण गर्न पाएनौं । चुनाव पछि लामो समय सम्म पनि हामी जनताको घरदैलोमा भेटघाट कै क्रममा रह्यौं । भर्खैरै सपथ ग्रहणपछि प्रदेश नं. १ को सदनले आफ्नो गतिविधी बढाएको छ । सभामुख उपसभामुख अनि मुख्यमन्त्री लगायत सानो आकारको मन्त्रीमण्डलको गठन गरेको छ । यो मन्त्री मण्डलले आफ्नो कामलाई सुरुवाती गर्न थालेको छ । संसदको कार्यबिधी संसदिय नियमावलीहरु व्यबस्थित गर्ने कार्य गरेको छ । भर्खर भर्खर कामको प्रारम्भ गरेकोले सयदिनमा खासै देखाउने उपलब्धी भने छैन ।

तपाई भूमिगत राजनितीवाट आउनु भएको नेता । भूमिगत राजनिति र खुला राजनितीमा के कति फरक हुदो रहेछ ?
राजनिति जनता सग जोडिएको हुन्छ । जनताको सेवा नै राजनिती हो । यसमा खासै फरक परेन । निश्चित उद्देश्यका लागि भूमिगत वन्नु र खुला आकाशमा सबै जनताका आकांक्षाहरुसग खेल्नुमा निश्चित रुपमा निश्चय नै धेरै कुराहरुमा भिन्नता हुन्छन् । यसका मोडालिटिहरु भिन्नता हुन्छन् । त्यो बेला क्रान्ति सम्पन्न गर्ने टार्जेटको निर्धारण गरिन्थ्यो भने अहिले जनताका अपेक्षाहरुलाई कसरी सम्बोधन गर्ने, विद्यमान समाजको रुप, विद्यमान भूगोलको भौगोलिक अवस्था अनुसारका फरक फरक चिजहरु आएका हुनाले हिजो क्रान्ति कसरी सम्पन्न गर्ने मात्र सोच थियो भने आज जनताका बिबिध खाले समस्याहरुसग कसरी हामी सम्बोधन गर्न सक्छौं ?

विविध साथिहरुको कसरी समन्वयात्मक ढंगले अघि बढ्न सक्छौं भन्ने थुप्रै कुराहरु फरक हुन्छन् । हिजोको कार्यशैलीले आजको राजनितिक खुला कार्यशैलीलाई पुग्दैन । हिजोको कार्यशैली फरक हुन्थ्यो । अहिले जनताका काम, जनताका हिजोका शैली र आजका शैलीको मेल खादैन । हामी फरक ढंगले नै समाजमा, खुला राजनितीमा रहनुपर्छ ।

चुनावका बेला नागरिकहरुसग गरेका बाचाहरुलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?
मैले चुनाव लड्दै गर्दा खेरी केही महत्वपूर्ण र निश्चित कुराहरु जनताका सामु बाचा गरेको छु । केही कानूनी पाटाहरु छन् । केही प्राबिधीक पाटाहरु पनि छन् र केही समाजिक सम्बन्धका कुराहरु रहेका छन् । यसलाई म आफ्नो पाँचवर्षे कार्यकाल भित्र एउटा असल जनप्रतिनिधीको रुपमा स्थापित गर्ने गरि अर्थात जनताले हामीले भोट देको काम लाग्यो है भन्ने देखाउने गरि काम गर्ने सोचका साथ नै म अगाडी बढि रहेको छु । यसो हुनाले जनताको पक्षमा नै ओखलढुङ्गेली जनताहरु सुखी र सिङ्गो ओखलढुङ्गाको समृद्धि गराउनका निमित्त सिंङ्गो १ नम्बर प्रदेश भित्र १ नम्बर कै रुपमा विकसित गर्ने गरि अहिले हाम्रो पहिलो सरकारको पहिलो निर्णय पनि भएको छ ।

हामीले त्यो आधारमा जादा खेरी सुरुमा हामीले प्रदेशले बनाउने निति नियमहरु, चाहे त्यो स्थानीय सत्ता सञ्चालनका कुराहरु हुन्, चाहे त्यो जनतासँग जोडिएका शिक्षा, स्वास्थ्य, कृषि रोजगारीका कुराहरु हुन्, चाहे सुरक्षाका कुराहरु हुन् । अहिले हामी सग संबिधान छ । प्रदेश कानूनको हकमा हामीसँग ऐन कानून छैन । हामी त्यसको मस्यौदा समितिहरुको निर्माण गरि अगाडी बढि रहेका छौं । त्यसो हुनाले यसलाई हामी पहिलो कुरा कानूनद्धारा जनताको सत्ता, जनताको शासन घर दैलोमा आयो र व्यबस्थित ढंगले आयो भन्ने कानूनद्धार प्रत्याभूत गर्ने प्रयत्न गर्नेछु । यो हामीले लगभग लगभग के कुराको परिकल्पना गरिरहेका छौ भने आउदो एकवषै भित्रमा सबै खाले कानूनहरु निर्माण गरेर सुव्यबस्थित गर्ने भन्ने सोचका साथ हामी अगाडी बढि रहेका छौ एकातर्फ, भने अर्कातर्फ थुप्रै समस्या छन् यहाँ ।

भूकम्प गैसके पछाडी कतिपय जनताका घरहरु यहाँ पूर्णक्षतीमा नपरेका, निर्माण भएका घरहरु पास नभएका, कतिपय दोहोरो परेका समस्या छ । तिनलाई सम्बोधन गर्नुछ । त्यसपछाडी भूकम्प पछि ओखलढुङ्गा विशेषत दुई नम्बर निर्वाचन क्षेत्र लगभग सबै भने हुन्छ, मूलहरु सुकेर खानेपानी अभाव छ । वस्तिहरु सर्नुपर्ने अबस्था छ । हाम्रा विद्यालयहरु प्रतिस्पर्धि ढंगले निकाल्न सक्ने स्थिती छैन । यस्तै विविध कारणहरुले आज गाउँघरहरुमा जनसंख्याको घट्दो स्थिति छ । विद्यालयमा विद्यार्थी संख्याहरु नपुगेर रहेको छ । यस्ता हरेक समस्याहरु रहेका छन् ।

यीनलाई कानूनद्धारा र प्राबिधिक ढंगले र अन्य विकास निर्माणका कुराहरु चाहे सडकका हुन्, चाहे खानेपानीका, चाहे विद्युतका, यी समस्याहरुलाई एकएक गरेर सिस्टमेटिक ढंगले अगाडी बढाउने बाचा गरेको छु । त्यो पुरा गर्छु । त्यसका लागि प्राबिधीक ढंगले कानून बनाउने दायीत्व हो भने अर्को स्थानीय तहमा, जनताको घर आगनमा सरकार छ, यो सरकारलाई र हाम्रो प्रदेश सरकारलाई कसरी व्यबस्थित गरेर लान सकिन्छ ? उहाँहरु सग हामीले केही समय पछाडी अन्तरक्रियात्मक ढंगले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष ज्यूहरु, वडा अध्यक्ष ज्यूहरु, सदस्यज्यूहरु र गाउँ समाजमा रहेका समाजसेवीहरु, बुद्धिजिवीहरु, विज्ञ साथिहरु सग वसेर एउटा खाका बनाउने र त्यो खाकाका आधारमा संस्थागत ढंगले कि जनताले हाम्रो विकास हामीले नै गर्ने हो भन्ने र सांसदले विकासको बारेमा बोलिदिने हो र उसले बोलेपछि हामीले गर्ने हो भन्ने किसिमले एउटा सिस्टम बसाल्ने मेरो सोच छ । त्यसो गरियो भने चाही एउटा आधारमा हामी विकास निर्माणको सबै कुराहरु गर्न हामी सक्छौ भन्ने लाग्छ मलाई ।

अब तपाईवाट ओखलढुङ्गेली नागरिक, ओखलढुङ्गा जिल्लाले विकास निर्माणका सन्दर्भमा कस्ता खालका योजनाले प्राथमिकता पाउछन् ?
मैले चुनाव लड्दै गर्दा पनि भनेको छु कि धेरै कुराहरु भन्दा पनि ओखलढुङ्गाका प्रत्येक वडाहरुमा व्यवस्थित यातायातको विकास होस् । यातायातको विकास भै सक्नेछ भन्ने कल्पना गरेको छु । सबै बस्तिहरुमा बत्ति पुगेको हुनेछ भन्ने मैले त्यो बेलापनि भनेको छु । खानेपानीको समस्या हुन्न, खानेपानीको लागि बैकल्पीक श्रोत व्यबस्था प्रयोग गरेर भएपनि, विभिन्न निकायवाट आवश्यक कुराहरुको परिचालन गरेर भएपनि खानेपानी सबैतिर पु¥याईने र शिक्षालाई आमूल परिवर्तन गरेर सामुदायीक विद्यालयमा पढ्ने मान्छे कामै नलाग्ने बेरोजगारी निक्लन्छन् भन्ने परम्परा छ ।

हैन है, योग्य डाक्टर, पाईलट, ईञ्जिनियरहरु पनि सामुदायीक विद्यालयवाट उत्पादन हुन्छन् भन्ने किसिमले विद्यालयहरुलाई चेञ्ज गर्ने किसिमले व्यबस्थापन गर्ने मेरो सोच छ । मैले मेरो पाँच वर्षको दौरानका क्रममा यीनै कामहरु गर्छ है भनेर नागरिकहरुले आश राख्नुभएको छ , जुन मैले चुनावका बेला बोलेको छु । मैले गर्ने भनेको पनि यही नै हो । मैले भनेको छु भ्रष्टाचार मुक्त र पारदर्शिता गर्ने कुुरा गरेको छु । निर्वाचन जितिसकेपछाडी सपथ ग्रहण नगराएपनि ओखलढुङ्गा जिल्लामा एउटा क्रोनिक रुपमा रहेका ठेक्का प्रणालीको काम नगर्नेहरुलाई हामीले सम्बन्धित विभागमा गएर, सम्बन्धित कार्यालयहरुमा गएर, कतिपय अवस्थामा सम्बन्धित ठेकेदारहरु पत्ता लगाएर हामीले कामको सुरुवाती गराएका छौं ।

अब जनतालाई मेरो अपिल छ, कामको सुरुवाती गरेका छन्, ‘कामको क्वालिटी र क्वान्टिटीमा नो कम्परमाईज’ । अथवा चाही सम्झौता हिन ढंगले तोकिएको समयमा, तोकिएको मापदण्डमा विकास निर्माणका कामहरु चाही गरेकि गरेनन् भन्ने कुराको रखवारी गरिदिनुहुन र विकास निर्माणका कामलाई सहजिकरण गरिदिनहुन आमजनतालाई पनि त्यसलाई छिटो भन्दा छिटो विकास निर्माणको काम गर्ने वातावरण बनाईदिन पनि ओखलढुङ्गेली जनतालाई म अनुरोध गर्न चाहन्छु । हामी सांसदहरु पनि त्यो आधारमा भूमिका खेलीसकेका छौं ।

केही ठाउँका योजनाहरुमा नतिजा आउन थालि सकेको छ । अहिले थुप्रै ठाउँमा सडकका कामहरु भैरहेका छन् । केही केही खानेपानीका कामहरुपनि सुरुवात भएका छन् । केही सिंचाईका कामहरु पनि सुरुवात भएका छन् । तथापी पनि अहिले हामीले के सोच्नु जरुरी छ भने अहिले राजनितीक एउटा संक्रमणको अन्त्य भएको छ । संघिय संरचना अन्तर्गतको केन्द्र, प्रदेश र स्थानीय सरकारको निर्वाचन पछाडी राजनितिक संक्रमण टुङ्गिएपनि अहिले व्यबस्थापकिय संक्रमण थपिएको छ । राज्यका उपरिसंरचनाहरुलाई केन्द्र प्रदेश, जिल्ला, गाउँ र वडा तहसम्म विकास गर्नुपर्नेछ । कर्मचारीहरुलाई व्यबस्थित गर्नुपर्नेछ ।

विज्ञ साथिहरुलाई व्यबस्थित गर्नुपर्नेछ । जुन अहिले व्यबस्थापकिय संक्रमण छ । त्यसो गर्दाखेरी आजको भोली तुरुन्तै हिजो बनेका संरचनाहरु भित्र सत्ताहरु छन् । सरकारहरु नरहेको, केन्द्र सरकार बाहेक अन्य सरकार प्रदेश सरकार र स्थानीय सरकार नयाँ आधारमाचाही जुन सुरुवात भै रहेका छन्, व्यबस्थापकिय अभावको कारणले भनेको जस्तो काम छिट्टो नभएपनि हामी हरेक पल त्यसलाई सकेसम्म त्यसलाई निश्चित अबधिभित्र, एकवर्षको अबधिभित्र त्यो व्यबस्थापकिय व्यबस्थापन पनि गर्ने, त्यसलाई व्यबस्थित गरेर जनतालाई सबै किसिमको सेवा सुबिधा पु¥याउने सोचका साथ म लागिरहेको छु ।

पार्टी एकताका कुरालाई चाही कसरी व्यबस्थापन गर्नुहुन्छ ?
पार्टी एकताका कुरालाई लिएर सकारात्मक र नकारात्मक दुवै रुपले मिडियामा आएका छन् । तर फेरीपनि म तपाईको मिडिया मार्फत के कुराको अनुरोध गर्न चाहन्छु भने, वास्तवमा हामीले हिजो कम्युनिष्ट पार्टी जनवाद हुदै समाजवादमा पुग्ने र साम्यवादको परिकल्पना गर्ने एउटा राजनितिक दर्शन बोकेका पार्टीहरु हुन् । र नेपालको सन्दर्भमा पनि जनताको ठुलो हिस्सा वामझुकावमा अर्थात वाम राजनितिलाई प्रोत्साहित गर्ने मानिसहरुको ठूलो संख्या छ, यो संख्याका आधारमा दुई फरक फरक कार्यनिती अपनाएर जनवाद ल्याउने भन्दै आएका हाम्रा कम्युनिष्ट पार्टीहरु नै हुन् ।

माओवादलाई अंङ्गिकार गर्दै आएको एउटा घटक र बहुदलिय जनवादलाई अङ्गिकार गर्दै आएको अर्को घटक बीचको यात्रामा हाम्रो एउटा निश्चित टुङ्गो के पुगेको छ भने अबको हाम्रो यात्रा बस्तुगत अबस्था यो देशमा फेरिएको केन्द्रिकृत राज्यसत्तावाट संघिय संरचना, जनताको घरदैलोमा जाने शासन सत्ताको प्रणाली आईसकेको छ । पछाडी अब राज्यसत्ताको उपरीसंरचनावाट, भनेको राज्य सञ्चालनवाट समाजवाद आउन सक्छ भन्ने कल्पनाका साथ अहिले दुईओटै पार्टी एकता समाजवादलाई सिरोधार्य गरेर समाजवादी आन्दोलनलाई समाजवादी राज्यसत्तालाई सिरोधार्य गरेर हुने एकता नै हो ।

यो दार्शनिक रुपले, राजनितीक रुपले व्यबहारिक रुपले सबै हिसाबले समाजवाद ल्याउने यात्राको एकता हुन्छ । यो कता हुदा खेरी यो वा त्यो नाममा नभएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टीका आ–आफ्ना विगतका राज्य सञ्चालन, क्रान्ति सञ्चालनमा भोगेका थुप्रै आन्दोलनहरुलाई एउटा ऐतिहासिक मूल्यांकन गर्दै एकअर्कालाई सम्मानजनक ढंगले एकअर्काका उपलब्धीहरु, एकअर्काले अङ्गिकार गरेका विधीद्धारा जुन आज हामीले बर्तमान उपलब्धी प्राप्त गरेका छौं, यो उपलब्धिलाई संस्थागत गर्ने र यो उपलब्धिलाई संस्थागत गर्दै समाजवाद प्राप्ती गर्ने उद्देश्यका साथ यी दुइपार्टी विचको एकता हो । यो एकता सम्मान पूर्वक ढंगले हुन्छ । माथिल्लो लेभलमा एउटा मोडालिटि बन्नेछ । सांगठनिक सेटिङको हिसाबले, दर्शनका हिसावले, सबै हिसावले एउटा सेटिङ हुनेछ र केन्द्रको एउटा मोडालिटि बनिसकेपछि हामी प्रदेश र जिल्ला, स्थानीय गाउँपालिका, नगर कमिटिहरु हुदै वडा सम्म जादाखेरी सबै जनवर्गिय संगठन, मोर्चाहरुलाई पनि त्यही ढंगले व्यबस्थित गरेर जान्छौ भन्ने पनि हामीले लिएका छौ । त्यही आधारमा एकता हुनेछ ।

अबका दिनहरुमा तपाईसग ओखलढुङ्गेली जनताहरुले मुख्यगरि के कुराको अपेक्षा गर्ने ?
अब जनताहरुले एउटा जनप्रतिनिधी भएको हिसाबले मैले निर्वाचन जितिसकेपछाडी हिजो पार्टीले चुनावका लागि टिकट प्रदान ग¥यो, ओखलढुङ्गेली बहुमत जनताहरुले माया गरेर मलाई मत दिनुभएको छ । र आज म निर्वाचित छु र आज म जनप्रतिनिधी सम्पूर्ण ओखलढुङ्गेली जनताहरुको विशेषत निर्वाचन क्षेत्र नं. २ ख का सबै भोट दिने वा नदिने भन्ने हुदैन, सबै जनताहरुको म साझा जनप्रतिनिधी हुँ । र सबै जनताले काखापाखा र लाखापाखा हैन, एउटा सबैको जनप्रतिनिधीको रुपमा यसले काम गर्नेछ भन्ने कुराहरुमा उहाँहरुले विश्वास लिईदिनहुन म अनुरोध गर्न चाहन्छु ।

म सबैको एउटा जनप्रतिनिधी बनेरै काम गर्नेछु । ओखलढुङ्गाको विकास निर्माणलाई हिजोको जस्तो नेताहरु बनेर काही न काही कालो धब्बा लगाउछन्, यीनीहरुले पनि कमाई धमाई गर्छन भन्ने परम्परा रहि आएको छ, मलाई त्यसरी नजोडिदिनहुनका निमित्त, म उहाँहरुको भाइ छोरा भएको हैसियतले म एउटा बिशुद्ध राजनितिक कर्मीको रुपमा, एउटा समाज सेवाको रुपमा यो तपाईहरुले दिनुभएको मेरो जिम्मेवारीलाई पुरा गर्नेछु । यही अपेक्षा राख्नका निमित्त मैले अनुरोध गरेको छु ।

भ्रष्टाचार मुक्त समाज निर्माण्का लागि सुशासन र पारदर्शीता कायम गर्न तपाईको योजना चाही के छ ?
तपाई एउटा कुरा मान्नुस । हामी प्रदेश सभावाट गर्नेछौ । त्यो केन्द्रमा पनि हुनेछ । अहिले नेपालमा प्राबिधिक भन्दा पनि नितिगत भ्रष्टाचार ठूलो छ । नितिगत भ्रष्टाचारको अन्त्य गर्ने, राज्यसत्ता सञ्चालकहरु पारदर्शी बन्ने र आफुले आफैलाई पारदर्शी बनाएपछि अरुमा के भयो भन्ने कुरा सोध्न सकिन्छ । त्यसकारण त्यसका आधारमा जाने र सबै योजनाहरुलाई कागजी पारदर्शीताले भएन, व्यबहार कै पारदर्शीता बनाउने गरि विधि विधान र कानून लिएर आउने छौं । त्यसरी भ्रष्टाचारमा शून्य सहनशिलता, पारदर्शी यी सबै कुरा आम सरोकारको विषय रहनेछ । र यसलाई सम्बोधन गर्ने हाम्रो योजना रहेको छ ।

अन्त्यमा आम नागरिकहरुलाई केही भन्नु छ ?
ओखलढुङ्गेली जनताहरुलाई के अनुरोध गर्न चाहन्छु भने अहिले हामी नयाँ विन्दुमा आई पुगेका छौं । नयाँ पद्धतीमा आई पुगेका छौं । अहिलो हामीसग चुनौती र अबसर सगै रहेको छ । अबपनि हाम्रो देशको स्थायी सरकार बनिरहेको छ । स्थायी सरकारले पक्कै पनि तपाईहरुको आकांक्षालाई पुरा गर्नेछ । हो व्यक्तिगत आकांक्षाहरु थुप्रै हुनेछन् । जनताका आकांक्षाहरु थुप्रै हुनेछन् । सबै आकांक्षाहरु उकैचोटी पुराहुन सक्दैनन् । तथापी सिस्टमका आधारले समावेशीताका आधारले तपाईहरुलाई सम्बोधन गर्दै जानेछौं । त्यही किसिमले तपाईहरुले भोलीको विकास निर्माणमा होस या निति निर्माणका तहमा होस्, यहाँहरुको अमूल्य सुझावहरु प्राप्त गर्न सकूँ । र हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? भन्ने उक्तीलाई यहाँहरु सबैले आत्मासात गरेर सबैको सुझाब पाप्त गर्ने अपेक्षाका साथ विश्वास राखेको छु ।