नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

निर्मलको ‘विश्वास घात’ अब बजारमा

विएन श्रेष्ठ, चैत्र १४ ओखलढुङ्गा ।
ओखलढुङ्गेली युवा सर्जक निर्मल श्रेष्ठको दोश्रो लोकदोहोरी गीत ‘विश्वास घात’ वजारमा आएको छ । लोक दोहोरी गित सार्वजनिक भएसगै विश्वासघातको भिडियो पनि बजारमा आएको छ ।

पछिल्लो चरणमा नेपाली संगित बजारमा प्रत्येक दिनजसो सयौँ गितहरु रिलिज हुन्छन् । रिलिज भएर बजारमा आएका धेरैजसो गितहरु बजारमा धेरैदिन टिक्दैनन् । रचनाकार तथा गितलाई भिडियो बनाउदा रहेको उत्साह तथा जागर पत्तासाफ हुन्छ । तर, कतिपय यस्ता गितहरु पनि छन् कि गित रिलिज भएको २४ घण्टामा लाखौं दर्शक तथा श्रोताको मन मस्तिष्कमा बस्न सफल हुन्छन् ।

यस्तै लोकदोहोरी गितको बजारको प्रतिष्पर्धामा ओखलढुङ्गाका युवा सर्जक एवम् गितकार निर्मल श्रेष्ठको लोकदोहोरी गित सार्वजनिक भएको छ । गितकार निर्मल श्रेष्ठको शब्द रचनामा रहेको ‘विश्वास घात’ चैत्र १२ गतेवाट युट्युव मार्फत बजारमा आएको छ । सानैदेखि लोकदोहोरीको आफु पारखी रहेको र आफुले पनि गीत रचना गरि गितको एल्बम निकाल्छु भन्ने सपनालाई आफुले पुरा गरेको बताउछन् निर्मल ।

पछिल्लो समयमा आफुलार्इ एक चर्चित गितकार तथा संगितकारको रुपमा चिनाउन सफल भद्र नकालले यस गितमा संगित भरेका छन् । यस गितमा यूवा पुस्तामा लोकप्रिय रहेका गायक निर्मल के।सी। र चर्चित गायिका टीका पुनले स्वर दिएका छन् ।

गीतको भिडियोमा सारीका केसी र उमङ्ग श्रेष्ठले अभिनय गरेका छन् । उमङ्ग पनि ओखलढुङ्गा कै युवा हुन् । ‘विश्वास घात’ मा अभिनय गरेसगै उमङ्गको व्यस्तता बढेको छ । उनलाई अरु गितहरुमा पनि अभिनयका लागि अफर आएको छ । उनी त्यसैमा व्यस्त रहेका छन् ।

गीत सार्वजनिक भएसगै यो गीत पनि सबैको मन–मनमा बस्न सफल हुन्छ या हुन्न ? त्यो भने हेर्न बाकी नै रहेको छ । गित सबैको प्रतिक्षाको घडी बनेको छ । यस गीतलाई हेरेर आवश्यक सुझाव र प्रतिक्रियाका लागि निर्मलले आग्रह पनि गरेका छन् । यस अगाडी पनि उनले ‘ओखलढुङ्गामा……….’ बोलको लोकदोहोरी गीत बजारमा ल्याएका थिए ।