नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गा तर्फ आउदै गरेको ट्यांकर दुर्घटनामा चालकसहित दुईको ज्यान गयो

ओखलढुङ्गान्युज, चैत १४ कटारी ।
उदयपुरको पश्चिमी क्षेत्र कटारी नगरपालिका ११ गहुँबारीमा बुधबार बिहान तेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ । ट्याङ्कर दुर्घटनामा चालकसहित २ जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना गम्भिर घाईते भएका छन् ।

सिद्धिचरण राजमार्ग अन्तर्गतको कटारी–घुर्मी सडकखण्डको गहुँवारीमा ना ६ ख ३२३१ नम्बरको ट्याङ्कर दुर्घटनामा परेको हो । दुर्घटना हुँदा ट्याङ्करका चालक बारा जिल्ला अम्लेखगञ्ज ४ का २३ बर्षिय पूर्णप्रसाद खनाल र मकवानपुर जिल्ला नामाटारका ३१ बर्षिय सरोज मोक्तानको ज्यान गएको हो ।

दुर्घटनामा भक्तपुरका २४ बर्षीय सुवास तामाङ्ग, बारा निजगढका १७ बर्षिय अभिषेक श्रेष्ठ र दोलखा चरिकोटका २५ बर्षिय सुजन गोले गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।

घाईते सबैलाई उद्धार गरि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाण्डौँ लगिएको प्रहरीले जनाएको छ । कटारीबाट घुर्मि हुदै ओखलढुङ्गा तर्फ आउदै गरेको तेल ट्याङ्कर बुधवार बिहान २ बजे तिर अनियन्त्रित भई सडकबाट १ सय मिटर तल खसेको थियो ।