नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गा क्याम्पसमा साझाबोली रेडियो श्रोता समूह

सरस्वती वानिया, फागुन ८ ओखलढुङ्गा ।
ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गामा रेडियो कार्यक्रम साझाबोलीको रेडियो श्रोता समूह गठन भएको छ । रेडियो श्रोता समूहको संयोजकमा ऋषि धमला चयन हुनुभएको छ ।

१७ सदस्यीय रेडियो श्रोता समूहको सहसंयोजकमा एलिना राई, सचिवमा रामकुमार धमला, सहसचिवमा विनु कार्की र कोषाध्यक्षमा निर्मला दयाललाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा तुलसा मगर, सविता धमला लगायत रहेका छन् ।

सोच नेपालको प्राबिधिक सहयोगमा साझाबोली रेडियो श्रोता समूह गठन भएको हो । रेडियो श्रोता समूहले पारस्पारिक जवाफदेहिताको सवालमा ईक्वेलएक्सेस काठमाण्डौले उत्पादन गरेको रेडियो कार्यक्रम सुन्नेछन् । साथै स्थानीय तहमा रहेका जनप्रतिनिधीसँग प्रत्यक्ष सम्पर्कमा रहि सुशासनका क्षेत्रमा सामाजिक हितको काम समेत रेडियो श्रोता समूहले गर्नेछ ।

रेडियो श्रोता समूहलाई सोच नेपालले क्षमता अभिबृद्धि गर्न विभिन्न तालिम तथा गोष्ठिको आयोजना गर्दै अबसर प्रदान गर्न सहजिकरण गर्नेछ । पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सोच नेपालको सहयोगमा यस भन्दा अगाडी पनि सिद्धिचरण नगरपालिकाको वडा नं. ९ को ज्यामिरे र मोलुङ गाउँपालिकाको वडा नं. १ कुन्तोवीमा पनि रेडियो श्रोता समूह गठन गरि सकेको छ ।