नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गावाट एसइईको परीक्षामा ३ हजार सहभागी

ओखलढुङ्गान्युज, चैत ८ ओखलढुङ्गा ।
आज अर्थात चैत ८ गतेदखी सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसइई) को सम्पुर्ण तयारी पुरा भएको छ । परीक्षा संचालनका लागि आवश्यक प्रवन्ध मिलाइ सकिएको र सबै सामाग्री परीक्षा केन्द्र सम्म पु¥याईसकिएको जिल्ला शिक्षा कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

यसबर्ष ओखलढुङ्गाबाट परिक्षामा २ हजार ९ सय ९२ जना परिक्षार्थी सहभागी हुदै छन् । त्यसमध्ये नियमीत तर्फ १ हजार ४ सय ३३ जना छात्र र १ हजार ४ सय ७२ जना छात्रा रहेका छन् ।

ग्रेडबृद्धितर्फ भने छात्रको सख्या ३५ र छात्राको संख्या ५२ रहेको छ । यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा जिल्लाबाट नियमित तर्फ कुल २ हजार ९ सय ५ जना र ग्रेडबृदितर्फ ८७ परिक्षार्थी सहभागी हुने जिल्ला शिक्षा अधिकारी ओम बहादुर कटुवालले बताए ।

परीक्षा सञ्चालनका लागी जिल्ला भर १७ ओटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । त्यसमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा सुरक्षाकर्मीहरु समेत उत्तिकै संख्यामा परिचालित गरिएका छन् ।