नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

आगलागि निभाउन विहेको झै निम्तो बाड्नु पर्दैन ः जिसस प्रमुख श्रेष्ठ

ओखलढुङ्गान्युज, चैत ८ ओखलढुङ्गा ।
जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख जय बहादुर श्रेष्ठले आगलागि निभाउनका लागि कसैलाई पनि छोराको विहेको निम्तो झै निम्तो बाढ्नु नपर्ने बताउनु भएको छ । बुधवार ओखलढुङ्गामा भएको जिल्ला वनक्षेत्र समन्वय समितिको प्रथम बैठकको छलफलका क्रममा प्रमुख श्रेष्ठले यस्तो बताउनु भएको हो ।

केही दिन अगाडी ओखलढुङ्गाको सदरमुकाम आसपासमा भएको आगलागि र आगो नियन्त्रणको लागि भएको सहभागिताको विषयमा उहाँले यस्तो वताउनु भएको हो । ओखलढुङ्गा सदरमुकामको क्षेत्रमा आगलागि हुदा आगोलाई नियन्त्रण गर्ने कार्यमा नगरवासीहरुको सहभागीता कम भएको गुनासो आएको थियो ।

छलफलका क्रममा गाउँपालिका प्रमुख निशान्त शर्माले खयर संकलनको कार्यलाई व्यबसायीक बनाउदै स्थानीय तहको आम्दानीलाई बढाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । कृषकले लगाएको बालिनालीलाई बादर र दुम्सीले नष्ट गरेको भन्दै त्यसको नियन्त्रणका लागि वन कार्यालयको तर्फवाट विशेष ध्यान दिन शर्माले अनुरोध गर्नुभयो ।

छलफलमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जिल्लामा गरिने वैठक, गोष्ठि र सेमिनारहरुले मात्रै आगलागिका घटनामा कम नहुने बताउदै आगामी वर्षका लागि स्थानीय तहका जनप्रतिनिधी सगै बसेर योजना निर्माण गर्नु पर्ने बताउनुभएको थियो ।

केही दिन अगाडी जिल्ला सदरमुकामको जंगलमा आगलागी हुदा स्थानीय नागरिकहरु सहभागी नभएकोमा दुःख व्यक्त गर्दै जिल्लाका राजनितिक दल, नागरिक समाज, उद्योग बाणिज्य संघ, होटल ब्यबसायीक संघका सदस्यहरुले पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रजिअ पन्तले वनक्षेत्र सबैको साझा भएकोले नागरिकहरुले आफ्नो महसुस नगरे सम्म आगलागीका घटना कम नहुने पनि बताउनुभयो । ‘छेउमा आगालागि हुदा नगरवासी रमिता हेर्छन्, सेना र प्रहरीको टोलीले मात्रै आगलागि निभाउने, जिल्ला बनले बैठक रगोष्ठि मात्रै सञ्चालन गर्ने, अनि कसरी आगलागीको समस्या कम हुन्छ ?’ प्रजिअ पन्तको प्रश्न थियो ।

सामुदायीक वन समूहहरुको छाता संगठन फेकोफनका प्रतिनिधीलाई लक्षित गर्दै प्रजिअ पन्तले सामुदायीक वन रहेको स्थानमा गएर तुरुन्तै जनचेतना मुलका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । प्रजिअ पन्तले भन्नुभयो, ‘छाता संगठन भएर जिल्लामा रहेर मात्र भएन। गाउँमा जानुस । आगलागका घटना दिनानुदिन बढि रहेको छ । आगलागिका घटनालाई कम गराउने तर्फ लाग्नुस ।’

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले जिल्ला सदरमुकामका नागरिकहरु अन्य कृयाकलापमा चाही सहभागी हुने तर वन क्षेत्र रक्षाको लागि सबै सहभागी हुनुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख श्रेष्ठले सम्भावनालाई अबसरमा बदलेर चुनौतीलाई न्युनिकरण गर्नु आजको आवश्यकता भएको पनि बताउनुभयो ।

छलफलको क्रममा सहभागीहरुले हिउद सुरुभए सगै आगलागीको घटनामा बृद्धि भएको भन्दै त्यसको नियन्त्रणका लागि सबै लागि पर्नुपर्नेमा जोड दिएका थिए । जिल्ला वन कार्यालयको गतिबिधिको वारेमा जिल्ला वन अधिकृत विरेन्द्र कुमार शाहले प्रस्तुती गर्नुभएको थियो ।