नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

रामेछापमा करेण्ट लागेर एकको मृत्यु

ओखलढुङ्गान्युज, चैत ७ रामेछाप
मंगलबार रामेछापमा करेण्ट लागेर एकको मृत्यु भएको छ । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा करेन्ट लागेर एक यूवकको ज्यान गएको हो । ज्यान जानेमा सर्लाही जिल्ला इनरवा नगरपालिका ६ घर भएका २२ बर्षिय सर्वन खतवे रहेका छन् ।

साविकको सुनारपानी गाविसमा रहेको श्री भैरवी माविको छत ढलान गर्ने क्रममा करेन्ट लागि घाइते भएका खतवेको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाका अनुसार दिउँसो ३ बजे तिर करेन्ट लागि घाईते भएका खतवेको मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पतालमा उपचारको क्रममा साँझ ज्यान गएको हो ।

पछिल्लो समय रामेछाप जिल्लामा करेन्ट लागेर ज्यान गुमाउनेको सङख्या बढ्न थालेको छ । एक हप्ता यता मन्थली नगरपालिकामा मात्रै २ जनाको करेण्ट लागि ज्यान गएको छ । यसअघि फागुन २९ गते पनि मन्थली नगरपालिका १ मा घर बनाउने क्रममा करेन्ट लागेर ३५ बर्षिय एक यूवकको ज्यान गएको थियो ।