नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

क्यान्सर पिडितको सहयोगका लागि सांस्कृतिक कार्यक्रम हुने

ओखलढुङ्गान्युज, चैत ३ ओखलढुङ्गा ।
क्यान्सर पिडितको सहयोगका लागि ओखलढुङ्गाको मानेभञ्ज्याङमा आउदो चैतको १० गते सास्कृतिक कार्यक्रम हुने भएको छ ।मानेभञ्ज्याङका क्यान्सर पिडित विकास वाम्बुले राईको उपचार सहयोग जुटाउने उद्देश्यले सांकृतिक कार्यक्रम हुने भएको हो ।

मानेभञ्ज्याङ स्थाई घर भएका बिकास वाम्बुले राई आन्द्राको क्यान्सरबाट पिडित छन् । उनैको सहयोगार्थ यो कार्यक्रमको आयोजना हुन लागेको हो । हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिरहेका राईको आर्थिक अभाव कमजोर भएपछि देश विदेशमा रहेका नेपालीहरु प्रति सहयोगको याचना गर्दै राष्ट्रियस्तरका कलाकारको साथमा कार्यक्रम गरिने भएको छ ।

सांस्कृतिक कार्यक्रममा चर्चित गायिका पार्वती राई, गायक तथा संगीतकार ताराप्रकाश लिम्बु, हास्यकलाकार सुमन कार्की, गायक अशोक प्यासी राई, राज राई, बुद्ध राई, मोडल चादनी राई, सिता राई सगै स्थानिय कलाकारहरुको पनि सहभागिता रहने छ । कार्यक्रमबाट उठेको सम्पुर्ण रकम पिडित राईलाई दिइने गायक राज राईले बताए ।