नेपाली समय Loading...२०८१ बैशाख ५ बुधबार

मुक्तिनाथ बैंकद्वारा ऋण मिनाहा

ओखलढुङ्गान्युज, चैत १ ओखलढुङ्गा ।
ओखलढुङ्गामा मुक्तिनाथ विकास बैंकले एक ऋणीको सबै ऋणलाई मिनाहा गरेको छ । बैंकले सिद्धिचरण नगरपालिका वडा नं. ११ का काजी कुमार जोशीले लिएको ऋण मिनाहा गरेको हो ।

मुक्तिनाथ विकास बंैक, लघुवित्त डेक्स कार्यालय सिद्धिचरण नगरपालिकाले व्यक्तिगत लघु उद्यम कर्जा लिएका जोशीको साँवा व्याज मिनाहा गरेको हो । बैंकले जोशीले लिएको ऋणको साँवा र व्याज सहितको १ लाख ९३ हजार ६ सय ३८ रुपंैया मिनाहा गरेको हो ।

बैंकले मृतकको परिवारलाई काजक्रिया खर्च बापत पाँच हजार नगद समेत उपलब्ध गराएको छ । मृतककी श्रीमती लक्ष्मी श्रेष्ठ जोशीलाई बैंकको लघुवित्त डेक्स कार्यालय सिद्धिचरण केन्द्रका ईञ्र्चाज दिपकबहादुर मगरले नगद हस्तान्तरण गर्नुभएको छ । जोशीले किराना पसल सञ्चालन गर्न कर्जा लिएकोमा उपचारको शिलशिलामा ०७४ फागुन ३ गते मृत्यु भएको थियो ।