नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

अपडेट : ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुदा चालकको मृत्यु

विएन श्रेष्ठ, फागुन ३०, ओखलढुङ्गा ।
आज बिहानै सिद्धिचरण नगरपालिका ११ ओखलढुङ्गामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा जिपका चालक शिबकुमार भुजेल रहेका छन् ।

काठमाडौंवाट कुखुराको चल्ला लिएर सोलुखुम्बु जादै गरेको को २ च १३४९ नम्बरको जिप सदरमुकामको रमाइलोडाँडा नजिकै दुर्घटनामा परेको हो । बोलेरो जिप सडकबाट खस्दा सिनपा १ तलुवाका जिप चालक २१ वर्षिय शिवकुमार भुजेलको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि मानेभन्ज्याङ गाउँपालिका वडा नं. ७ टोक्सेल घर भएका वर्ष १९ का सहचालक अर्जुन गौतम घाईते भएका छन् । उनको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भईरहेको प्रहरी निरिक्षक टिका कार्कीले बताउनुभयो । घाईतेको अबस्था भने सामान्य रहेको पनि प्रहरी निरिक्षक कार्कीले बताउनुभयो ।

विहान करिब साढे ३ बजेतिर जिप दुर्घटनामा परेको हो । नेपाली सेनाको बेस क्याम्प नजिकै जिप दुर्घटनामा परेको थियो । ड्युटीमा रहेका सेनाका जवानले थाहा पाउनसाथ नेपाली सेनाको टोली गएर घटनामा परेकाहरुको उद्धार गरेको थियो ।