नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

त्रिभुवन विमानस्थलमा युएसको विमान दुर्घटना ः दजैनौको मृत्यु

ओखलढुङ्गान्युज, फागुन २८ काठमाण्डौ ।
आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ । दुर्घटनामा परि दर्जनौको मृत्यु भएको छ । आज दिउसो यूएस बंगला विमान दुर्घटनामा परेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो । विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

फरकफरक सुरक्षा निकाय र सरकारी अधिकारीहरूका अनुसार हताहतिको संख्या ५० भन्दा बढी हुन सक्ने विवरण आइरहेको छ । यकिन सूचना अझै आइसकेको छैन । यो समाचार तयार पार्दा सम्म दुर्घटनास्थलबाट १७ जनाको उद्धार गरिएको बताईको छ । उद्धार कार्य जारी नै छ । विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी छ ।

दुर्घटनाको अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थलमा पुगेका छन् । त्यस्तै, सम्बन्धित निकायका विभागीय प्रमुख पनि विमानसथल पुगेका छन् । विमानमा कति यात्रु थिए भन्ने निश्चित भइसकेको छैन ।