नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ईतिहासकै शक्तिशाली प्रधानमन्त्री ओली

ओखलढुङ्गान्युज, फागुन २८ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली नेपालको ईतिहासमा नै शक्तिशाली प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्री वलीले आईतबार बसेको प्रतिनिधी सभाको बैठकवाट प्रतिनिधिसभाका तीन चौथाइ भन्दा बढी सांसदहरुको विश्वास मत पाउनुभएको हो।

नेकपा माओवादी केन्द्रको समर्थनमा फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबारको संसद बैठकमा विश्वासको मत माग्नु भएको थियो । त्यसक्रममा उहाँले भ्रष्टाचार नगर्ने र हुन पनि नदिने बाचा गर्दै सत्तापक्ष र प्रतिपक्ष नभनी मिलेर जान प्रस्ताव समेत राख्नु भएको थियो । प्रधानमन्त्री ओलीको प्रस्ताव पछि सभामा सम्बोधनका क्रममा अधिकांश दलले समर्थन गरेपनि कांग्रेसले भने प्रतिपक्षमा नै बस्ने धारणा राखेको थियो ।

पार्टीका नेताहको सम्बोधन लगतै भएको मतदानमा प्रधानमन्त्री ओलीले २०८ मत पाउनुभएको छ । सत्तारुढ एमाले र माओवादीका साथै संघीय समाजवादी फोरम, राजपासहित केही साना दलले समेत प्रधानमन्त्री वलीलाई मत दिएका छन् । प्रधानमन्त्री ओलीको विपक्षमा ६० मत खसेको छ । कांग्रेसका साथै नेमकिपाले ओलीलाई मत दिएनन् ।

नयाँ शक्ति पार्टीका सांसद डाक्टर बाबुराम भट्टराई भने आइतबारको संसद बैठकमा उपस्थित नै हुनुभएन । डाक्टर भट्टराईले यस अघि नै प्रधानमन्त्री वलीलाई समर्थन गर्ने तर विश्वासको मत भने नदिने बताईसक्नु भएको थियो ।

आइतबार भएको प्रतिनिधी सभाको बैठकमा २६८ सांसद उपस्थित थिए । दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएको हकमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।