नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

चम्पादेवी गाउँपालिकाको राहत शिक्षकको अध्यक्षमा मिलन मगर

ओखलढुङ्गन्युज, फागुन १३, चम्पादेवी गा. पा. ।
ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकामा नेपाल राहत शिक्षकको प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले मिलन मगर (पलापु) लाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । आईतवार सम्पन्न भएको गाउँपालिका स्तरिय अधिबेशनले ११ सदस्यिय समितिको पनि चयन गरेको छ ।

समितिका अन्य सदस्यहरुमा महिला उपाध्यक्ष कोपिला नेपाली, उपाध्यक्ष दधिराम ढकाल, सचिब बलराम तामाङ, सहसचिव बलराम खड्का र कोषाध्यक्षमा जयप्रकाश कोईरालालाई सर्बसम्मत निर्वाचित गरेको छ । त्यस्तै समितिका अन्य सदस्यहरुमा रामहरि जोगी, गिरीराज बराल, कमला कार्की, सावित्रा बुढाथोकी र संगिता लुईटेललाई पनि सर्बसम्मत रुपमा नै निर्वाचित भएका छन् ।

राहत शिक्षक जिल्ला समिति ओखलढुङ्गाका सचिब टोलहरि पोखरेलको विशेष उपस्थितीमा गाउँपालिका स्तरीय अधिबेशन सम्पन्न भएको हो । निर्वाचित समितिका सदस्यहरुले राहत शिक्षकहरुको पेशाको रक्षाका निमित्त सबै राहत शिक्षकहरुलाई गोलबद्ध हुदै सामूहिक लक्ष्य प्राप्तीका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केही दिन देखी ओखलढुङ्गाका सवै गाउँपालिका तथा नगरपालिकामा राहत शिक्षक समितीेको अधिबेशन सञ्चालन भै रहेको छ ।