नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

मेक्सिकोमा शनिवार शक्तिशाली भूकम्प

फागुन ६, मेक्सिको ।
शनिबार मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको दक्षिण–पश्चिमी पिनोटेपामा स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको हो ।

पिनोटेपाको ओक्साकामा सहरलाई केन्द्रबिन्दु बनाएर ७।२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । भूकम्पले पु¥याएको क्षतिको पूर्ण विवरण सार्वजनिक भएको छैन । भूकम्पपछि केही बेपत्ता भएको उद्धारकर्ताहरूले बताएका छन् ।

मेक्सिको सरकारले भूकम्पपछि चार राज्यमा भूकम्प चेतावनी प्रणालीलाई सक्रिय बनाएको छ । अहिलेसम्म भूकम्पपछि सुनामीको सम्भावना नभएको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ । सरकारले भने सर्वसाधारणलाई घरबाहिर नै बस्न आग्रह गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि उडेको सरकारी हेलिकोप्टर दुर्घटनामा परेको छ । गृहमन्त्री र ओक्साकामा सहरका गभर्नर बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गृहमन्त्री र गभर्नर भने सामान्य घाइते भएका छन् ।

पछिल्लो समय मेक्सिकोमा बारम्बार भूकम्प जाने गरेको छ । गत सेप्टेम्बर ७ र १९ मा शक्तिशाली भूकम्प गएका थिए । सो भूकम्पबाट करिब पाँच सयजनाको मृत्य भएको थियो । भूकम्पमा करिब १८ हजार घर भत्किएका थिए । पाँच महिनापछि शुक्रबार पुनः भूकम्प गएको हो ।

बारम्बारका भूकम्पले मेक्सिकोका जनतामा ठूलो त्रास फैलिएको छ । भूकम्पपछि सर्वसाधारण मानिसहरू घरबाहिर बसिरहेका छन् । भूकम्पपछि बारम्बार पराकम्प गइरहेका छन् । पुनः भूकम्प जान सक्ने आशंकामा अधिकांश मानिस खुला चौरमा पालमुनि बसेका छन् ।