नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

गजल

दुख पीडा आँसु जिन्दगानी हुनुपर्छ,
यो मन बेदनाको राज्धानी हुनुपर्छ ।

भन्छौ बाध्यताले के गरायो गरायो,
तर तिम्रा गल्ती जानी जानी हुनुपर्छ ।

झुटा सपना देखाएर खुसी लुटिलाने,
पक्कै त्यो प्रेमी नभै बेइमानी हुनुपर्छ ।

साँचो मायाँ गरोस चाइदैन धन भन्छु ,
बा भन्नुहुन्छ केटा खान्दानी हुनुपर्छ ।

अनुहार राम्रो हुदैमा राम्रो भन्दिन म,
राम्रो त बोली चाली र बानी हुनुपर्छ ।

मुना खतिवडा , मोलुङ्ग ५ ओखलढुङ्गा