नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

विहेमा झडप हुदा ओखलढुङ्गामा एकको मृत्यु, पाँच घाईते

विवेश श्रेष्ठ, माघ १५ ओखलढुङ्गा ।
आईतवार राति भएको झडपमा परि ओखलढुङ्गामा एकको मृत्यु भएको छ भने ६ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा मोलुङ गाँउपालिका वडा नं. ७ का बर्ष २२ वर्षका कुमार मगर रहेका छन् । घटनास्थलवाट उपचारको लागि ओखलढुङ्गा ल्याईएका कुमारको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक टिका कार्कीले जानकारी दिनुभयो ।

मोलुङ गाँउपालिका वडा नं. ७ का गंगा बहादुर मगरको बहिनीको विवाहमा मदिरा सेवन गरेका युवाहरु बिच झडप भएको थियो । मदिरा सेवन गरेका शेर्पा समुदायका युवाहरुले मगर समुदायका युवाहरुलाई पिटेका स्थानीयवासीले बताएका छन् ।

घटनामा परि अरु पाँच जना घाईते भएका छन् । घाईते हुनेहरुमा वर्ष १८ का कमल मगर, बर्ष १७ का जनक मगर, बर्ष ३५ का पदम मगर, बर्ष ४८ का मान बहादुर मगर र बर्ष ३६ का बलराम मगर रहेका छन् । घाईतेहरु सबैको अहिले सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गामा उपचार भै रहेको छ ।

घटना हुनसाथ राति नै नजिकको प्रहरी चौकीलाई जानकारी गराएपनि प्रहरीले बेवास्ता गरेको वडा अध्यक्ष हेम सुनुवारले वताउनुभयो । घटनाहुनासाथ स्थानीयले प्रहरीलाई जानकारी गराउका थिए । तर प्रहरीले वेवास्ता गरेको र शोमबार पनि ढिला गरेर मात्रै प्रहरी घटनास्थल गएको सुनुवारले आरोप लगाउनुभयो । मृतकको शबको पोष्टमार्टमका लागि रुम्जाटार लगिएको छ ।

तर प्रहरी जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले भने आफुहरुलाई जानकारी हुनासाथ प्रहरी टोली परिचालन गरेको बताएको छ । घटनामा घाईते भएकाको मृत्यु समेत भएपछि थप प्रहरी परिचालन गरि घटनामा संलग्नहरुको खोजीलाई प्रहरीले तिब्रता दिएको छ । थप प्रहरी परिचालन गरि आक्रमणकारीहरुको खोजी भै रहेको र घटनाका आरोपीहरुको पहिचान भै सकेकोले उनीहरु चाडै पक्राउ पर्ने प्रहरी निरिक्षक कार्कीले जानकारी दिनुभयो ।