नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

तेलको मुल्य फेरी बढ्यो

ओखलढुङ्गान्युज, माघ ४ काठमाडौं ।
बुधवार रातीवाट लागु हुने गरि नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको हो ।

आयल निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मटितेलमा २–२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । बुधबार राति १२ बजेबाट यो नयाँ मूल्य देशैभर लागू हुनेछ ।

भारतीय आयल कर्पोरेशनको नया मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको हो । करिब १५ दिनको फरकमा पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको हो । यस अगाडी बढाईएको मूल्यको व्यापक विरोध भैरहेको बेला पुन पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नया मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०३ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य ८१–८१ रुपैयाँ पुगेको छ । गत पुस १७ गतेपनि निगले इन्धनमा मूल्यवृद्धि गरेको थियो ।

मूल्य बृद्धिसगै सर्बसाधारण नागरिकहरु समेत प्रत्यक्ष मारमा पर्ने देखिएको छ । पटक पटक डिजेलमा भैरहेको मूल्य बृद्धिका कारण अब आफुहरुले पनि यातायातका साधनको भाडामा बृद्धिगर्नु पर्ने अबस्था आएको यातायात ब्यवसायीहरुले जनाएका छन् ।