नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

सेना आफैले बनाउने द्रुतमार्गको डीपीआर

ओखलढुङ्गान्युज, माघ ३ काठमाण्डौं ।

काठमाडौं(निजगढ द्रुतमार्गको विस्तृत परियोजना (डीपीआर) नेपाली सेना आफैँले बनाउने भएको छ । मंगलबार सैनिक मुख्यालय भद्रकालीमा पत्रकार सम्मेलन आयोजना गर्दै काठमाडौं–निजगढ द्रुतमार्गको डीपीआर आफैँले बनाउने जानकारी गराएको हो ।

भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार परेको डीपीआर महँगो भएपछि नेपाली सेना आफैँ डीपीआर बनाउन अगाडि सरेको हो । डिटेल इन्जिनियरिङ गर्न आह्वान गरिएको परामर्शदाताहरूबाट आवश्यक थप अध्ययन गराई आयोजनाको डीपीआर तयार गरिने आयोजनाका उपनिर्देशक सहायक रथी सूर्यप्रसाद खनालले जानकारी दिए ।

द्रुतमार्ग निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई दिने कि नेपाल आफैँले बनाउने भन्ने लामो विवाद भएको थियो । त्यसै विवादका बिचपनि गत बैशाख २१ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यो द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

नेपाली सेनाले द्रुतमार्गभित्र परेका जग्गाको मुआब्जा र घरटहराहरूको क्षतिपूर्ति सम्बन्धी सम्पूर्ण बाँकी कार्यहरू आगामी छ महिनाभित्र सम्पन्न गर्ने योजना पनि तय गरेको छ । नेपाली सेनाले चार वर्षभित्र सम्पन्न गर्ने गरी यो राष्ट्रिय गौरवको आयोजना निर्माणको कामलाई अघि बढाएको हो ।

पत्रकार सम्मेलनमा आयोजनाका उपनिर्देशक सहायक रथी खनालले द्रुतमार्ग निर्माणको काममा तीव्रता दिइएको जानकारी पनि दिए । यो द्रुतमार्गको कामलाई अघि बढाउन फिल्डमा ३३१ जना सैनिक परिचालन गरिए सकिएको पनि नेपाली सेनाले जनाएको छ ।