नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

जिल्लाकै पहिलो नमुना छात्रा मैत्री विद्यालय ‘जाल्पा मावि’

विएन श्रेष्ठ, पौष २० ओखलढुंगा ।
सिद्धिचरण नगरपालिका वडा नं. ११ मा रहेको जाल्पा माध्यमिक विद्यालय ओखलढुङ्गा कै नमूना छात्रा मैत्रि विद्यालय बनेको छ । आफ्नो विद्यालयलाई नमूना बनाउने श्रेयपनि विद्यार्थीहरुले नै लिएका छन् । आफुहरुलाई महिनावारी भएको समयमा आवश्यक पर्ने सेनेटरी प्याडको व्यबस्थापन विद्यालयमा उनीहरु आफैले व्यबस्थापन गरेका छन् ।

जाल्पा माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरु आफैले पैसा उठाएर सेनेटरी प्याट खरिद गरेका छन् । महिनावारी हुँदा आवश्यक पर्ने सेनेटरी प्याड विद्यालयका छात्राहरु आफैले रकम संकलन गरेर खरिद गरेका हुन् ।

विद्यालयले उनीहरुलाई सेनेटरी प्याड भण्डारण गरेर आवश्यक परेका बेला वितरण गर्ने गरेको छ । विद्यालयमा आर्थिक स्रोत नहुदा र विद्यालय गएको समय वा जाने वेला महिनावारी हुदा समस्या भएपछि त्यसवाट मुक्त हुन विद्यार्थी छात्राहरु आफैले यसको व्यबस्थापन गरेका हुन् ।

“विद्यार्थीहरु आफैले रकम संकलन गरेर खरिद गरेका हुन् । विद्यालय सग श्रोत पनि छैन । श्रोत नहुदा र केही पनि व्यबस्थापन नहुदा महिनावारीको समयमा छात्राहरु विद्यालय आउदैनथिए ।” विद्यालयका प्रधानाध्यापक रत्न बहादुर खत्रीले भने, “ अहिले छात्राहरु आफैले त्यसको व्यबस्थापन गरेपछि सेनेटरी प्याड परिर्वतन गर्ने कक्ष पनि तयार गरिदिएको छ । यसले विद्यार्थीहरु विद्यालयमा नियमित आउन थालेका छन् ।”

महिनावारी भएको समयमा विद्यार्थी नआउने समस्या हटाउन विद्यार्थीहरुकै पहलमा प्याड गरिद गरेर विद्यालयमै सेनेटरी प्याडको व्यवस्थान गर्ने यो ओखलढुंगाकै पहिलो सामुदायिक विद्यालय हो जाल्पादेवी मावि गैरीगाँउ । विद्यालयमा नै सेनेटरी प्याडको व्यवस्था भए पछि विद्यालय आउन सहज भएको छ । यस अघि महिनावारीको समयमा बिद्यालय नै छाड्नुपर्ने बाध्यता रहको भएपनि अब भने त्यस्तो समस्या हटेको विद्यार्थीहरुले बताए ।

विद्यार्थीहरु आफैले संकलन गरेको पैसाले गरिद गरेको प्याड विद्यालयमा राख्ने गरिएको छ । छात्रा विद्यार्थीहरुले आवश्यक परेको समयमा मागेर प्रयोग गर्ने गरेको शिक्षिका मैया श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले बिद्यालयमा विद्यार्थीहरुले नै सेनेटरी प्याड खरिद गर्नु पर्ने अवस्था छ । शिक्षाको क्षेत्रमा लगानी गर्ने धेरै दातृ निकायहरु पनि छन् । यस्ता विषयमा पनि दातृ निकायहरुले सहयोग गरे विद्यार्थीबाट रकम उठाउनु पर्ने बाध्यता हट्ने बिद्यालयका शिक्षक शिक्षिकाहरुले बताएका छन् ।