नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुङ्गामा गाँउपालिका प्रमुखले कुटे आफ्नै कर्मचारी

ओखलढुङ्गान्युज, पौष १५ ओखलढुङ्गा ।
ओखलढुङ्गाको चम्पादेवी गाँउपालिकामा गाँउपालिका प्रमुखको कुटाईवाट प्राविधिक सहायक कर्मचारी घाईते भएका छन् । चम्पादेवी गाँउपालिकाका प्रमुख नवराज केसीले विहिबार राती आफ्नै कर्मचारीमाथि हातपात गरेका हुन् । केसीको कुटाईवाट सोही गाँउपालिकाको प्राबिधिक सहायक कर्मचारी मिन कुमार कार्की घाइते भएका हुन् ।

घटना विहिवार राती भएको र घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको बताईएको छ । बेलुकीको खानपानका बेला विवाद भई सामान्य झगडा भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । घटनाको बारेमा टेलिफोनवाट जानकारी भएपनि जिल्ला प्रशासन कार्यालयमा कुनै पनि उजुरी नआएको तथा घटनाबारे गाँउपालिकामा नै छलफल भै थप केही नआएको पनि प्रजिअ पन्तले बताउनु भयो ।

गाँउपालिका प्रमुख केसीको कुटाईवाट घाईते भएका कर्मचारी कार्कीले विना कारण आफुमाथि कुटपिट भएको बताएका छन् । गाँउपालिकाको केही वडाहरुमा भएको विकास निर्माणको योजना फरफारक गर्न काम नभएका योजनाको पनि लागत स्टामेट पास गर्न दबाब दिएको र काम नभएको योजनाको सम्पन्न लागत स्टामेट गर्दिन भनेपछि गाउपालिका प्रमुख केसीले आफुमाथी कुटपिट गरेको कार्कीले आरोप लगाएका छन् ।

घटनाको बारेमा गाँउपालिका प्रमुख नवराज केसीलाई ओखलढुङ्गान्युज सम्बाददाताले फोन गर्दा घाईते भनिएका कार्की आफ्नै गाँउपालिकाको कर्मचारी भएको र घटना नभएको बताए । कर्मचारी कार्कीलाई तपाईले नै कुट्नु भएको हो रे नि त भन्ने प्रश्न गर्दा घटनालाई घुमाउरो पारेले स्विकार गर्दै त्यसबारेमा गाँउपालिकाका कार्यकारी अधिकृतसग समेतको सहभागीमा छलफल भैसकेको बताए ।

यसभन्दा अघि पनि चम्पादेवी गाँउपालिकाका प्रमुख केसीले सोही गाँउपालिका वडा नं. ९ का काजी सार्कीलाई कुटपिट गरेको भन्दै जिल्ला अदालतमा उजुरी दर्ता भएको छ ।