नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

आख्यानकार मनु ब्राजाकीलाई प्रथम जगदिश घिमिरे स्मृति पुरस्कार

ओखलढुङ्गान्यूज, पौष ९, रामेछाप
आख्यानकार मनु ब्राजाकीलाई यस वर्षको जगदिश घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको छ । यसै वर्षदेखि सुरु गरिएको जगदिश घिमिरे स्मृति पुरस्कार आख्यानकार ब्राजाकीलाई प्रदान गरिएको हो । जगदीश घिमिरे प्रतिष्ठानले उनकै जन्मथलो मन्थलीमा अयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यहरुदेखि साहित्यकारहरुसम्म जमघट भएर उक्त पुरस्कार प्रदान गरिएको हो ।

घिमिरेको स्मृतिमा मन्थलीमा अयोजना गरिएको साहित्य सभामा देशका झण्डै दुई दर्जन साहित्यकारहरु मन्थलीमा भेला भएका थिए । शनिबार मन्थलीमा आयोजना गरिएको कार्यक्रममा उनीहरुले आप्mना साहित्यक रचना सुनाउनुको साथै नेपाली साहित्य र सामाजिक क्षेत्रमा जगदिश घिमिरेको योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमाम इतिहाँसविद एवं प्राज्ञ दीनेशराज पन्त, प्राज्ञ ज्ञानु पाण्डे, कथाकारहरु मायाँ ठकुरी, पद्धमावती सिँह, भागिरथी श्रेष्ठ, साहिकार ज्ञानुवाकर पौडेले, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, डाक्टर सनदकुमार वस्ती, डाक्टर नवराज लम्साल, जीवनपाणि पोख्रेल, प्रेम ओली, रामबहादुर पहाडी, दिव्य गिरी, त्रीपुरा पौडेल, ठाकुर शर्मा, पत्रकार अमृता लम्साल मात्र हैन पूर्वमहिला बालबालिका तथा समाजकल्याण मन्त्री कमला पन्त लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा काठमाडौँबाट आएका साहित्यकारहरुले कविता, गजल, मुक्तक, कथा लगायतका साहित्यिक रचना बाचन गरेका थिए । यसै गरी रामेछाप जिल्लाका श्रष्ठाहरु डाक्टर सुमन कर्माचार्य लगायतले पनि कविता बाचन गरेका थिए ।

पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार शनिबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा जगदिश घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष दूर्गा घिमिरे र मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले साहित्यकार नगेन्द्रराज शर्मालाई हस्तान्तरण गरे ।

आख्यानकार मनु ब्राजाकी अस्वस्थ भई पाटन अस्पतालमा उपचार गराइरहेकाले उक्त पुरस्कार नगेन्द्रराज शर्मामार्फत प्रदान गरिएको आयोजकले जनाएको छ । जगदिश घिमिरे स्मृति प्रतिष्ठानले शनिबार चौथो साहित्यिक सभामा ‘जगदिश घिमिरे स्मृति पुरस्कार’ स्थापनाको घोषणा गरेको हो। सो कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरुबीच वक्तृत्वकला गरिएको थियो।