नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुंगामा कुन नेताले कहाँबाट भोट खसाले ?

रामहरि श्रेष्ठ ओखलढुंगा ।संघीय संरचना अनुसार पहिलोपटक भएको प्रदेशसभा तथा प्रतिनिधि सभा चुनावमा ओखलढुंगाका विभिन्न दल र स्वतन्त्र उमेद्वारहरुले शुरुमा आफुलाई भोट हालेका छन् । उमेद्वारहरुले भोट खलाल्ने सबै मतदान केन्द्रमा उमेद्वारलाई नै पहिलो मत खसाल्न दिईएको छ ।

एमाले केन्द्रिय सदस्य तथा बामगठबन्धका संघिय प्रतिनिधि सभा सदस्य उमेद्वार यज्ञराज सुनुवारले मोलुुङ गाउँपालिका ५ स्थित शिवदुती मावि ख मतदान केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका संघिय प्रतिनिधि सभा सदस्य उमेद्वार रामहरि खतिवडाले मानेभञ्ज्याङ गाउँपालिका ६ थाक्ले स्थित जनता मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यसैगरी गठबन्धनका प्रदेश सभा क तर्फका उमेद्वार अम्बिर बाबु गुरुङले सिद्धिचरण नगरपालिका ५ स्थित रुम्जाटार मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । गठबन्धनका प्रदेश सभा ख का उमेद्वार मोहन खड्का हिमशिखरले लिखु गाउँपालिका २ सिँहदेवी स्थित हुलाक चौर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

कांग्रेसका प्रदेश सभा क का उमेद्वार मित्रसेन दाहालले मोलुङ गाउँपालिका स्थित बरुणेश्वर मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । कांग्रेसका प्रदेश सभा ख का उमेद्वार प्रदिप सुनुवारले भने आफुलाई मतदान गर्न पाएनन् । उनि क्षेत्र क का मतदाता भएपनि क्षेत्र ख बाट उमेद्वार बनेका छन् ।

त्यस्तै प्रदेश सभा ख का स्वतन्त्र उमेद्वार ज्ञानेन्द्र रुम्दालीले मानेभञ्ज्याङ गाउँपालिका मोली स्थित कालिका मावि ख मतदान केन्द्र मार्फत मतदान गरेका छन् । संघिय समाजवादी फोरमका प्रदेशसभा क का उमेद्वार नेत्र बहादुर नेम्बाङले सिद्धिचरण नगरपालिका १२ मतदान केन्द्रबाट मतदान गरेका छन् ।

ओखलढुंगामा नेपाली कांग्रेस र वाम गठबन्धनसँगै नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, मंगोल नेश्नल अर्गनाइजेशन लगायत ९ दलका २१ र स्वतन्त्र १ सहित २२ जना चुनावी प्रतिस्पर्धामा छन् ।