नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

नेपाल पाँच वर्षपछि दक्षिण एसियाकै नमुना बन्छः महासचिव पोखरेल

ओखलढुङ्गान्युज डटकम, मंशिर ६,ओखलढुंगा ।
नेकपा एमालेका महासचिव ईश्वर पाखरेलले वामपन्थीले बहुमतको सरकार बनाए आगामी पाँच वर्षपछि नेपाल दक्षिण एसियाकै नमुना देश बनाउने दावी गर्नुभएको छ । बुधबार वाम गठबन्धनका बृहद चुनावी सभालाई मानेभञ्ज्यांगमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो दावी गर्नुभएको हो ।

पोखरेलले सम्बोधनको क्रममा सामाजिक न्यायसहितका समतामुलक समाज निर्माण गर्ने, सबै नागरिकलाई निशुल्क शिक्षा, जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई जीवन यापनका लागि आवश्यक भत्ता व्यवस्था गर्ने, एक देशीय निर्भरता हटाउने र नुमना देश बनाउने दावी गर्नुभएको हो ।

उहाँले वाम गठबन्धनका उम्मेदवाहरुलाई मत माग्दै निर्वाचनमा जिताए संघीय सरकारमा ओखलढुंगाका जनप्रतिनिधीको प्रतिनिधित्व आफुले सुश्निचित गर्ने ठोकुवा गर्नुभयो । पोखरेलले भन्नुभयो– ‘वाम गठबनधनलाई जिताउनुहोस् ओखलढुंगाबाट यज्ञराज मन्त्री पक्का, यसको जिम्मा मैले लिन्छु ।’

सुनुवारलाई यस अघि पनि एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मन्त्री बनाउने उद्घोष गर्नुभएको थियो । वामपन्थीको सरकार बने देशमा स्थिरता आउने बताउँदै पोखरेलले वामपन्थीको सरकारले सबै नागरिकलाई गरिबिको रेखामाथि उठाउने ठोकुवा समेत गर्नुभयो । दशकौं शासन गरेको कांग्रेस अहिले चुनाव हार्ने डरले वामपन्थीहरुका बिरुद्ध झुटा प्रचारमा लागेको उहाँको आरोप छ ।

एमाले महासचिव पोखरेल ओखलढुंगाका ३ ठाउँमा चुनावी सभा सम्बोधन तथा कार्यकर्ता भेटघाट गरेर बुधवार नै राजधानी फर्किनु भएको छ । उहाँले खानीभञ्ज्यांगको चुनावी सभा सम्बोधन अघि रावादोलुमा कार्यकर्ता भेटघाटमा सहभागी भएर सभामा सम्बोधन गर्न आउनुभएको थियो ।