नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

मानेभञ्ज्याङ्गमा ट्याक्टर दुर्घटना, ८ जना गम्भिर घाईते, ३ जनाको अवस्था गम्भिर

विवेश श्रेष्ठ, मंसिर ६ ओखलढुंगा
ओखलढुङ्गाको मानेभञ्याङ्ग गाउपालिका वडा नंं. ५ को बलेथान भन्ने ठाउमा आज ट्रयाक्टर दुर्घटना भएको छ । दुर्घटनामा परि ८ जना घाईते भएका छन् । घाईते भएका मध्ये ३ जनाको अवस्था गम्भिर छ । बाम गठबन्धनको चुनावी सभाका लागी कार्यकर्ता लिएर आउदै गरेको ना ५ त ३८२० नम्बरको ट्याक्टर मानेभञ्ज्याङ गाउपालिका ५ बलेथानमा दुर्घनामा परेको हो ।

ट्रयाक्टर दुर्घटनामा परि मानेभञ्ज्याङ गाउपालिका ३ उबुका तुलाराज राई, दिनेश अधिकारी र हिमाल राई गम्भिर घाईते भएको ओखलढुंगा प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले जानकारी दिनुभयो । गम्भिर घाईतेहरुलाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौं पठाईको छ ।

मानेभञ्ज्याङ्गको चुनावी सभालाई सम्बोधन गर्न आएका एमाले महासचिव ईश्वर पोखरेल चढेर आएको हेलिकप्टर मार्फत घाईतेहरुलाई काठमाण्डौ पठाईएको हो । अन्य घाईतेहरुको जिल्ला स्थित सामुदायिक अस्पताल सोब्रुमा उपचारका लागि ल्याईएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरिक्षक तिमल्सीनाले जानकारी दिनुभयो ।

ट्याक्टरमा १२ जना भन्दा बढि बाम गठबन्धनका कार्यकर्ता सवार रहेका थिए । सोहि क्रममा ट्याक्टर अनियन्त्रित भई पछाडीको भाग खुस्किएर दुर्घटना भएको प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।