नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

अरिङ्गालको टोकाईवाट बेहाेस भएका कार्कीकाे मृत्यु

ओखलढुन्युज डटकम, कात्तिक २२, काठमाण्डौं

अरिङ्गालको टोकाईवाट बेहाेस भएका चम्पादेवी गाउपालिका ९ विलन्दुका ३२ वर्षका वेद बहादुर कार्कीको मृत्यु भएको छ । गाँउमा कर्मी काम गरेर घर फर्कदै गरेका कार्कीलाई कात्तिक १८ गते बेलुकी अरिङ्गालले टोकेको थियो ।

गाउमा कर्मी काम गरेर घर फर्कदै गर्दा वाटामा साझपख उनलाई अरिङ्गालले टोकेको थियो । दिउसोपख अरिङ्गालको गोलालाई कसैले चलाएर बिच्कीएको र त्यही विच्कीएको अरिङ्गाले घर फर्कदै गरेका कार्कीलाई टोकेको विलन्दुवाट जिवनज्योती आधारभुत विद्यालय विलन्दुका प्रधानाध्यापक वलराम फुयालले जानकारी दिनुभयो ।

अरिङ्गालको टोकाईवाट घाईते भएका कार्कीलाइ स्थानिय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएपनि थप उपचारका लागि एम्बुलेन्सवाट काठमाण्डौ लगिएको थियो । काठमाण्डौको वीर अस्पतालमा उपचारको क्रममा कार्कीको मृत्यु भएको परिवार श्रोतलाई उदृत गर्दै कुमारी श्रेष्ठले ओखलढुङ्गान्युज डटकमलाई जानकारी दिनुभयो । मृतक कार्की नेकपा एमाले ओखलढुङ्गा अन्तर्गत चम्पादेवी गाँउपालिका ९,  विलन्दु युवासंघ वडा कमिटिका सचिव समेत हुन् ।

केही दिन अघि मात्रै मोलुङ गाउपालिकाको रागादिपमा पनि अरिङ्गालको टोकाईवाट नौ महिने बालकको मृत्यु भएको थियो । अरिङ्गालको टोकाइवाट मृत्यु भएका बालकका आमा र दुई दिदीहरुलाई तत्कालै पूर्व सांसद यज्ञराज सुनुवारको पहलमा हेलिकप्टर मार्फत काठमाण्डौ लगि उपचार गरिएको थियो ।