नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

कांग्रेसले कार्बाही गर्यो बागी उमेद्वारलाई

ओखलढुङ्गान्युज डटकम, कात्तिक १७,

नेपाली कांग्रेस ओखलढुङ्गाले आफ्नो बागी उमेद्वारलाई   कार्बाही गरेको छ । नेपाली कांग्रेस ओखलढुङ्गाले आज ओखलढुङ्गामा पत्रकार सम्मेलन गरि नेपाली कांग्रेसका बागी उमेद्वार ज्ञानेन्द्र रुम्दाली सहित बागी उमेद्वारलाई सहयोग गर्नेहरुलाई कार्बाही गरेको हो ।

 

पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस ओखलढुङ्गाका पार्टी सचिब रुद्र प्रसाद अधिकारीले पार्टीको हित विरुद्धमा आफ्नो उमेद्वारी दिने तथा पार्टीको आधिकारीक उमेद्वारलाई असहयोग गर्नेलाई केन्द्रको निर्देशनमा कार्बाही गरेको जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीहित विपरित उमेदवार दिने र सहयोग गर्नेलाई पार्टीको साधार सदस्यता समेत नरहने गरी १० वर्ष सम्मका लागि निलम्बन गरिएको छ ।

सदस्यता निलम्बनको कार्बाही आजकै मिति देखी लागु हुने छ । कार्बाही पर्नेहरुमा नेपाली कांग्रेसका महासमिति सदस्य कमल तामाङ्ग, तरुण दलका जिल्ला सभापती एवम् नेपाली कांग्रेसका बागी तथा स्वतन्त्र पदका उमेद्वार ज्ञानेन्द्र रुम्दाली, रामजी वास्तोला, ठाकुर गौतम रहेका छन् ।

“उहाँहरु चारै जनालाई फोनवाट स्पष्टिकरण लिदा हामी यसपटकको चुनावमा ओखलढुङ्गामा नेपाली कांग्रेस हराउ अभियानमा लाग्यौ, जे गर्नु छ गर्नुस भन्नुभयो त्यसैले जिल्ला पाटीले निर्णय गरि कार्बाही ग¥यौ”, पूर्व सांसद चन्द्रकान्त दाहालले भन्नुभयो ।

“कार्बाही गरेपनि अझै पार्टीको निर्णलाई स्वीकार्दै आधिकारीक उमेद्वारलाई सहयोग गरेमा उहाँहरुको कार्बाही पार्टीले फिर्ता लिन्छ ।  नत्र आजको मिति देखी उहाँहरुको साधारण सदस्यता समेत नेपाली कांग्रेसमा रहने छैन,” जिल्ला समन्वय समितिका सभापति तथा कांग्रेसका नेता जय बहादुर श्रेष्ठले भन्नुभयो ।

कांग्रेसका बागी उमेद्वारलाई सहयोग गर्ने र प्रचार प्रसारमा सक्रिय भएर लाग्ने अन्य कांग्रेस कार्यकर्ताको पहिचान नखुलीसकेको कारण अरु कार्यकर्तालाई कार्बाही नगरेको पनि कांग्रेस सचिब रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसभन्दा अगाडी ०६४मा पनि कांग्रेसले बागी उमेद्वारलाई कार्बाही गर्ने बताए पनि कार्बाही भने गरेको थिएन । ओखलढुङ्गा कांग्रेसको ईतिहासमा आफ्ना पार्टी कार्यकर्तालाई साधारण सदस्यता समेत नरहने गरि कार्वाही गरेको पहिलो रेकर्ड हो ।