नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

पेट्रोलियम पदार्थको भाउ बढ्यो

ओखलढुङ्गान्युज डटकम, कातिक १६ काठमाडौं
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ । बुधबार राति अर्थात गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा साढे १ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको हो ।

मूल्य वृद्धिपछि पेट्रोलको भाउ अब प्रतिलिटर १०० रुपैयाँ, डिजेल र मट्टितेल लिटरको ७५ रुपैयाँ ५० पैसा कायम भएको छ। खाना पकाउने ग्यासको भाउ १३ सय ५० पुगेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

भारतीय बजारमा पेट्रोलको मूल्यमा फेरबदल आएपछि त्यही आधारमा नेपालमा पनि मूल्य समायोजन गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको तर नेपालमा त्यस अनुसार मूल्य समायोजन नहुँदा निगम घाटामा रहेकाले मूल्य बढाइएको प्रवक्ता गोइतले बताए ।