नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

“प्रदेश र प्रतिनिधि सभा चुनावमा सहभागी हुन्छौ ” वैद्य माओवादी

ओखलढुङ्गान्युज डटकम ७ असोज, काठमाडौं ।

मोहन वैद्य नेतृत्वमा रहेको नेकपा क्रान्तिकारी माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णय गरेको छ । मोर्चाका संयोजक सीपी गजुरेलका अनुसार क्रान्तिकारी उपयोग गर्ने नीति अनुसार निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

मोर्चाले समान विचार राख्ने पार्टी र संगठनहरुसँग कार्यगत एकता र तालमेलको पहल गर्ने जनाएको छ । तर, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपासँग भने चुनावी तालमेल नगर्ने मोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपालाई मोर्चाले ‘प्रतिक्रियावादी’को संज्ञा दिदै उनीहरु सगै कुनैपनि हालतमा चुनावी तालमेल हुननसक्ने जनाएको छ । मोर्चाले मुठ्ठी चुनाव चिह्न पाएको छ ।