नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

सनराइज बैंकले शेयर धनीलाई १५ प्रतिशत बोनस बाढ्ने

ओखलढुङ्गान्युज डटकम, भदौ ३० काठमाडौं–
सनराइज बैंक लिमिटेडले आफ्ना शेयर धनीलाई १५ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गएको आर्थिक वर्षको मुनाफा र पूँजीगत जगेडा कोषमा रहेको रकमबाट १५ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको हो ।

यो बोनस सनराइज बैंकको अहिले लिलामीमा रहेको शेयर पाउने लगानीकर्ताले समेत हात पार्ने छन् । नबिकेको हकप्रद लिलामी भइसकेपछि कायम हुने चुक्ता पूँजी ७ अर्ब ८ करोड ९१ लाख ७९ हजार १ रुपैयाँको १५ प्रतिशत बोनश शेयर दिइने बैंकले स्पष्ट पारेको छ ।

१ अर्ब ६ करोड ३३ लाख ७६ हजार ८ सय ५० रुपैयाँ बराबरको बोनश शेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्व १५ करोड नाघ्ने छ । राष्ट्र बैंकले सबै बाणिज्य बैंकलाई चुक्त पूँजी ८ अर्व पुर्‍याउन निर्देशन दिएको थियो ।

सनराइज बैंकको बोनश शेयर वापत लाग्ने कर रकम भने शेयर धनी आफैंले तिर्नु पर्ने छ । एउटा बोनश शेयरको ७५ पैसा कर लाग्ने व्यवस्था छ । बोनश वापत लाग्ने कर रकम थोरै भए पनि यो तिर्न भने लगानीकर्ताले निक्कै झन्झट व्यहोर्नु पर्छ । १५ प्रतिशत बोनसको निर्णय नेपाल राष्ट्र बैंक र बैंकको साधारणसभाबाट पारित हुनु पर्ने छ ।