नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

भ्रष्टाचारजन्य कार्य रोक्न सबै पक्ष लाग्नु पर्छ, “उप मेयर गुरुङ”

अाेखलढुङ्गान्युज, डटकम भदौ २४ ओखलढुंगा ।

भ्रष्टाचार विरुद्धको हस्ताक्षर अभियानमा सहभागी सरोकारवालाहरुले भ्रष्टाचार रोक्न सबै पक्ष एकजुट हुनु पर्ने बताएका छन् । इन्सेकले ०७४ भदौ २३ गते आयोजना गरेको ‘म सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिबद्ध रहनेछु’ भन्ने राष्ट्रिय हस्ताक्षर अभियानमा सहभागीहरुले नारामा होइन काममा सदाचार लागु गर्नु पर्नेमा जोड दिएका छन् ।

हस्ताक्षर अभियान ओखलढुंगाको सदरमुकामस्थित सिद्धिचरण नगरपालिका १२ गणेशचोकमा गरिएको थियो । हस्ताक्षरमा सहभागी हुँदै नेकपा एमालेका जिल्ला उपाध्यक्ष नेत्रप्रसाद भट्राईले आजभोली सदाचार बोलीमा सिमित रहेको बताए । उनले व्यवहारमा सदाचार कायम गर्न सबै पक्ष मिलेर भ्रष्टाचार विरोधी मोर्चामा लाग्न सुझाव दिए ।

नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रुद्र फुयालले हस्ताक्षर अभियान अभियानमै सिमित हुन नहुने भन्दै काला बजारी र भ्रष्टचारी पहिचान गरेर कारवाही गर्न स्थानीय प्रशासन लाग्नु पर्ने बताए ।

हस्ताक्षर संकलनपछि अपराह्न सिद्धिचरण नगरपालिकामा अभियानको उद्देश्य बताउँदै ईन्सेकका जिल्ला प्रतिनिधी शिब ढुङ्गानाले हस्ताक्षर संकलन गरिएको व्यानर हस्तान्तरण गरेका थिए ।

                                       सामुहिक हस्ताक्षर सहितकाे व्यानर बुझ्दै उपमेयर गुरुङ्ग

हस्ताक्षर बुझ्दै नगरपालिकाका उप मेयर इच्छाकुमारी गुरुङले सबैले प्रतिबद्ध भएर लाग्दा सबै क्षेत्रमा भ्रष्टाचार कम हुने बताइन् । उनले यस्ता अभियानले सबैलाई झकझकाउने भएकाले सदाचार प्रति प्रतिबद्ध रहेको बताउँदै नगरपालिकामा गलत मनसायले कुनै काम हुन नदिने पनि बताए ।