नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

खुम्बुमा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो, शनिबार मात्र १०४ पर्यटक भित्रिए

ओखलढुङ्गान्युज डटकम, भदौ १८, सोलुखुम्बु ।  वर्षातको समय करिब करिब सकिए सगै पर्यटकीय क्षेत्र खुम्बुमा चहलपहल सुरु भएको छ । सिजन सुरु भएसँगै बाह्य पर्यटकको चहलपहल सुरु भएको हो ।

शनिबार मात्र यस क्षेत्रको भ्रमणका लागि विभिन्न देशका १०४ जना पर्यटक खुम्बु प्रवेश गरेको खुम्बुका प्रहरी प्रमुख असइ सरयुग महत्तोले जानकारी दिए । अधिकांश पर्यटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं  हुँदै तेन्जिङ हिलारी विमान स्थल लुक्ला आएका हुन् ।

भदौ ८ गते देखि शनिबारसम्मको तथ्याङ्कलाई हेर्दा २२८ जना पर्यटक खुम्बु भ्रमणमा आएका छन् ।  पर्यटन प्रहरी लुक्लाको तथ्याङ्क  अनुसार भ्रमणमा आउनेमध्ये सबैभन्दा बढी बेलायतबाट ३३ जना, भारतबाट २९, अस्ट्रेलियाबाट २६ र अमेरिका बाट १५ जना पर्यटक छन् ।

यस्तै बङ्गलादेश, डेनमार्ग, चिल्ली, भेतनाम, ब्राजिल, पेरु, दुबई लगायतका देशबाट पनि पर्यटक आएका छन् । पर्यटकको आगमनसँगै यस क्षेत्रमा भरियाहरुको समेत चहलपहल बढेको छ। सिजन सकिएसँगै बाहिर घुम्न गएका होटल सञ्चालक समेत धमाधम होटल, लज सञ्चालन गर्न फर्किएका छन्।