नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

लम्बीयो क्रान्तिकारीको सम्मेलन ः अर्यालले उम्मेदवारी फिर्ता लिए, तामाङलाई समर्थन

                                                                  अध्यक्ष पदका दावेदारहरु

ओखलढुङ्गान्युज डटकम भदौ १४
गत भदौ ७ देखी काठमाण्डौमा सुरु भएको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलन केही दिन लम्बिएको छ । सम्मेलन लम्बिए सगै अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्नुपर्ने बहस भित्राएर चर्चामा आएका मदन अर्याल अध्यक्ष बन्ने दौडबाट बाहिरिएका छन् । उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवार रञ्जित तामाङलाई समर्थन गरेका छन् ।

अब अध्यक्षको उम्मेदवार रञ्जित तामाङ र अनिल शर्मा मात्रै चुनावी मैदानमा छन् । झापाका तामाङ र रुकुमका शर्मा दुबैजना संगठनमा पकड भएका सशक्त उम्मेदवार हुन् । कीर्तिपुरमा दिउँसो १ बजेदेखि हुने निर्वाचनका लागि अहिले मतपत्र छाप्ने काम भइरहेको छ । अध्यक्ष पदका लागि अनिल शर्मा र रञ्जित शर्मा मैदानमा छन् । शर्मालाई गृहमन्त्री जनर्दन शर्मालगायतको समर्थन छ भने तामाङलाई वर्षमान पुनलगायतको समर्थन छ ।

निर्वाचनबाट नेतृत्व चयन गर्न लागिएको माओवादी पार्टीकै इतिहासमा पहिलोपटक भएकाले उसको भ्रातृ संगठन अखिल क्रान्तिकारीको जारी २१ औं राष्ट्रिय सम्मेलनको चासो र चर्चा व्यापक छ । अहिले सम्म माओवादी पार्टी लगायत उसका कुनै पनि भातृ संगठनहरुको निर्वाचनवाट नेतृत्व चयन गरिएको ईतिहास छैन ।

अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज (बुधवार) दिउसाे १ बजेबाट निर्वाचन गर्ने कार्यतालिका छ । २ हजार बढी प्रतिनिधिले ३१ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चुन्ने छन् । पदाधिकारीको संख्या ३३ भए पनि एक उपाध्यक्ष र एक उपमहासचिव भने मनोनित गर्ने व्यवस्था छ । निर्वाचनबाट नेतृत्व चुन्ने प्रक्रिया सुरु भएपछि केही दिन लम्बिएको हो ।

यसैवीच, नुवाकोटस्थित बेलकोटगढी नगरपालिकामा उपमेयर जितेकी कविता ढुंगानाको उम्मेद्वारी खारेज भएको छ । जनप्रतिनिधि भइसकेपछि पनि कविताले पदको लोभ गर्दै अखिल क्रान्तिकारीको उपाध्यक्षमा उम्मेदवारी दिएकी थिइन् ।

तर, जनप्रतिनिधि भइसकेको व्यक्तिलाई विद्यार्थी संगठनको जिम्मेवारी नदिने निर्णय भएपछि कविताको उम्मेदवारी खारेज भएको हो ।ढुंगानाको उम्मेदवारी खारेज भएपछि गोरखाकी आशा तमू निर्विरोधरुपमा उपमहासचिव बनेकी छिन् ।