नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

स्थानिय तहको निर्वाचन : उम्मेद्वारले खर्च बिबरण छिटो बुझाउनुस् : निर्वाचन अयोग

रामहरि श्रेष्ठ १६ साउन २०७४ ओखलढुंगा
हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा ओखलढुंगा जिल्लाबाट उम्मेद्वारी दिएका उम्मेदवारहरुले धमाधम खर्चको बिबरण बुझाईरहेका छन् । निर्वाचन आयोगको निर्देशन अनुसार स्थानिय तहको निवार्चनमा बिजयी तथा पराजय भएका दुबै उम्मेद्वारहरुले खर्च बिबरण बुझाउनु पर्नेछ ।

हाल सम्म जिल्ला निर्वाचन कार्यलयमा पार्टिगत तथा स्वातन्त्र गरी ७५ प्रतिशत उम्मेद्वारले खर्च बिबरण बुझाईसकेको जिल्ला निर्वाचन अधिकृत अर्जुन राईले बताउनुभयो ।

यस अघि निर्वाचन अयोगले निर्वाचनको मत परिणाम सर्बजनिक भएको मितिले ३० दिन भित्र सबै उम्मेद्वारहरुलाई निर्वाचन खर्च बिबरण अनिर्वाय बुझाउन भनी जिल्ला निर्वाचन कार्यलयलाई परिपत्र गरेको थियो ।

सोहि परिपत्र अनुसार निर्वाचनमा बिजयी तथा पराजय भएका उम्मेद्वाहरुसंग खर्च बिबरण मागीएको निर्वाचन अधिकृत राईको भनाई छ ।

एक नगरपालिका सहित सात गाउपालिका रहको ओखलढुंगामा १ हजार २ सय ८२ जना उम्मेद्वार चुनाबी प्रतिश्पर्धामा उत्रिएका थिए । अब खर्च बिबरण बुझाउन बाकिँ रहेका उम्मेद्वाहरुलाई पनि छिटो बुझाउन अनुरोध गरिएको छ ।