नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

रजाय सामुदायीक वनमा वृक्षा रोपण सम्पन्न

नर्मदेश्वर, साउन ८ । रजायपाखा सामुदायीक वन उपभोक्ता समूहका उपभोक्ताहरुले आज वृक्षारोपण गरेका छन् । सामुदायीक वनका उपभोक्ताहरुले वासजन्य १३ सय भन्दा बढि विरुवा वृक्षारोपण गरेका हुन् ।

वास सगै सल्ला प्रजातीको विरुवा पनि रोपिएको छ । ७ सय भन्दा वढि वास प्रजातीको विरुवा उपभोक्ताहरु आफैेले संकलन गरी वृक्षारोपण गरिएको हो । त्यस्तै यसम रेञ्जपोष्टको नर्सरीवाट ६ सय भन्दा वढि सल्ला प्रजातीको विरुवा सकलन गरी वृक्षारोपण गरिएको हो ।

सामुदायीक वनको वृक्षारोपण कार्यक्रम अन्तर्गत गत वर्षको कार्यक्रम भएपनि यस वर्ष पनि वृक्षा रोपण गरिएको रजाय सामुदायीक वनका अध्यक्ष हरिकृष्ण ढुङ्गेलले जानकारी दिनुभयो । वृक्षारोपणका लागि ३० हजार रकम जिल्ला वन कार्यालय ओखलढुङ्गाले सामुदायीक वनलाई उपलब्ध गराएको पनि जानकारी दिनुभयो ।

सामुदायीक वनलाई दुइ ब्लक बनाएर करीब ६ रोपनी सामुदायीक वनक्षेत्रमा वृक्षारोपण गरिएको छ । सामुदायीक वन क्षेत्रमा लाखौ खर्च गरेर हजारौ विरुवा रोपण गरिए पनि वृक्षारोपणको तरिका नपुग्दा, उचित स्याहार नहुदा विरुवामा लगानी बालुवामा पानी सरह हुदै आएको छ ।

तर यस पटक भने उपभोक्ताहरुलाई विरुवा रोप्ने तरिका वारेमा पूवै जानकारी गराएर वृक्षारोपणमा सहभागी गराएकोले विगतका तुलनामा यस पटक लगाईएको विरुवा धेरै बाच्ने सम्भावना रहेको वृक्षारोपण कार्यक्रमका संयोजक डिकादाश श्रेष्ठले जानकारी दिए ।